गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ ।
यमनमा जारी युद्धविरामलाई स्थायी शान्ति प्रक्रियामा बदल्न यमनी पतिनिधि । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच साउदी अरबको रियादमा भेटवार्ता भएको छ ।
'प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ 'भन्ने विश्वव्यापी नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० भव्य रूपमा मनाइएको छ ।
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका –१९ का २७ वर्षीय सन्तोष गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–१ गोलले पराजित भयो । घरेलु मैदानमा रियल अन्तिम खेलमा एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो ।
स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा सोमबार महोत्तरीको मटिहानी नगरपालिकामा रहेको तस्मैया बाबा पार्कमा वृक्षारोपण गरी दिवस मनाइएको छ ।
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा अर्जुन चौपारी गाउँपालिका -१ मा दुई हजार बिरुवा रोपण तथा सरसफाइ गरिएको छ ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी ऐन राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताउनुभएको छ ।
दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाले जग्गाको कित्ताकाट खुला गरेको छ । भूउपयोग ऐन २०७६ को दफा ४ र भूउपयोग नियमावली २०७९ नियम ५ बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गर्ने काम स्थानीय भूउपयोग परिषद्को बैठकले गत वैशाख २९ गते पारित गरी कार्यपालिका बैठकमा पेस गरेको थियो ।
जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिए पनि संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिक रूपमा वितरण गरिएको बिरुवाको तथ्याङ्क छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला ।