• २१ वैशाख २०८१, शुक्रबार

शिक्षामा आधुनिकीकरण आवश्यक छ : पूर्व शिक्षा मन्त्री जोशी

blog

रजत जयन्तीमा कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा पूर्वमन्त्री गोविन्दराज जोशी। तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर २१ गते। नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।

शिक्षामा सुधार गर्न नसकेकोले युवा बिदेसिन बाध्य भएकोले परिवर्तन गर्नु आवश्यक रहेको जोशीको भनाइ रहेको थियो। सो कुरा जोशीले बुधबार भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको रजत जयन्तीको उद्घाटन गर्दै बताउनुभएको हो ।

नेपालको शिक्षा क्षेत्र जटिल अवस्थामा रहेकाले यस क्षेत्रमा ठुलो संरचनागत परिवर्तनको खाँचो औँल्याउँदै नेता जोशीले नेपालमै बस्न सक्ने, गुणात्मक परिवर्तन के हुन्छ भन्ने बारे छलफल नभएकोले नेपालमा बेरोजगारी समस्या बढेको बताउनुभयो।

जोशीले भन्नुभयो, ‘‘मैले शिक्षा मन्त्री छोडेपछि एउटा पनि माध्यमिक तहसम्मको स्थायी हुन सकेको छैन।गाउँ खाली भएर विद्यालय पनि बन्द गर्नुपर्ने अवस्था आएको छ।यसबारे गम्भीर हुनु आवश्यक छ ।’’

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्व प्रमुख उदयराज गौली, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो।

बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी क्याम्पस प्रमुख रवीन्द्रराज जोशी भानु नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विमलराज जोशी,  पूर्कोट कालिका क्याम्पसका प्रमुख ओजराज बगाले, पूर्व क्याम्पस प्रमुख दीपेन्द्र पौडेल लगायतले युवा बिदेसिने क्रम बढेकाले गाउँका क्याम्पस तथा विद्यालय खाली हुन थालेकाले त्यस समस्या समाधानको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।