पृथ्वीमा अहिले तापक्रम वृद्धिसँगै जलवायु परिवर्तन र प्राणी जगत्को अस्तित्व सङ्कटका विषयमा विभिन्न मञ्चमा व्यापक बहस भइरहेको छ, समाधानका उपायमा
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो ।
विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा घुम्न आउने पर्यटकको तस्बिर खिचेर स्थानीय युवाले मनग्गे आम्दानी गर्न थालेका छन्। घोडाघोडी नगरपालिका–१, सुखडमका गौतम बुढा तस्बिर र भिडियो खिचेर मनग्गे आम्दानी गरेको बताउनुहुन्छ। विवाह, व्रतबन्धलगायतको कार्यक्रममा तस्बिर तथा भिडियो खिच्ने उद्देश्यका साथ डेढ लाख रुपियाँको क्यामरा खरिद गरेका बुढाले एक वर्षसम्म कतै केही काम नपाए पनि घोडाघोडी क्षेत्र वरदान भएको बताउनुभयो।
पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका –१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो ।
भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनः निर्माणको काम अलपत्र परेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ । जेठ १६ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका ३१ वटा रुटमा लामो, मध्यम र छोटो दुरीमा चल्ने सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो। सरकारले कायम गरेको नयाँ भाडादरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि बिहीबारदेखि लागु भएको छ। सरकारले निर्धारण गरेको भाडादर अनुसार सबैभन्दा बढी टीकापुर–साँफेबगरसम्मको भाडा रहेको छ।
शीत युद्ध आफ्नो उत्कर्षमा पुगेको अवधि सन् १९७० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईएले सोभियत सङ्घको जासुसी गर्न ‘माइन्ड रिडर्स’ अर्थात् मनका कुरा जान्ने मानिसहरू परिचालन गर्न सुरु गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले आफ्ना महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले चिन्ता जनाएको छ । आगामी असार ४ गतेसम्म सरकारले माग सम्बोधन नगरे देशभरका निर्माण कार्य ठप्प पर्ने चेतावनी दिएका छन् । व्यवसायीले आफूले पाएको अनुमतिपत्रसमेत सरकारलाई फिर्ता गर्ने बताएका छन् ।
विकास निर्माणका काममा आउने अवरोधले तोकिएको समयमा काम हुन नसक्ने ठूलो समस्या हाम्रा निम्ति नयाँ होइन । अनेक अवरोधले तोकिएको समयमा निर्माण सम्पन्न हुन समस्या आउने गर्छ । गल्छी–रसुवागढी सडक नेपाललाई उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने महत्वपूर्ण मार्ग हो । नेपाललाई उत्तरी छिमेकीसँग जोड्ने
प्रतिनिधि सभामा अघिल्लो साता दुई विषयमा सांसदले सांसदले बोलेकै विषयमा आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त संसद् अवरुद्ध नै गरे । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसद् अवरोध गर्नै पर्नेथ्यो भन्नेसमेत लाग्यो किनभने उहाँकै नाम जोडेर सांसदले प्रश्न उठाएका थिए । संविधान जारी गर्दाका संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि ओलीमाथिको आरोप असह्य भयो र उहाँकै भाषामा नचाहेर उहाँ
देशका छ वटा प्रदेशमा चिकित्सा शिक्षा अध्ययन सुरु भएको वर्षौं भइसक्दासमेत सुदूरपश्चिममा यस विषयको पढाइ सुरु हुन सकेको छैन । चिकित्सा शिक्षामा पनि एमबिबिएसमा देशभरि निजी र सरकारी गरी २१ वटा शिक्षण संस्थामा प्रत्येक वर्ष करिब एक हजार ८९५ विद्यार्थी अध्ययनरत छन् । यसका साथै चिकित्सा शिक्षाका विभिन्न विधामा र विभिन्न तहमा अध्ययन–अध्यापन भएको वर्षौं भइरहेको छ ।
नयाँ आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेटको छलफल संसद्मा आरम्भ हुँदै छ । देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा परेका बेला यो बजेटमा छलफल हुँदै छ । संवैधानिक प्रावधान अनुसार जेठ १५ गते अर्थमन्त्री डा प्रकाशहरण महतले प्रस्तुत गर्नु भएको यो बजेट नयाँ आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल