शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोकियो, मङ्सिर २१ गते । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गर्नुभएको हो ।
यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह) को नेताबाट राजीनामा दिने अभ्यास रहे तापनि किशिदा भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको भए तापनि गुटको नेताको रूपमा अझै सक्रिय हुनुहुन्छ । रासस/सिन्ह्वा