मानिसलाई आफ्नो सरसफाइमा ध्यान दिन सर्वप्रथम आफ्नो मलमूत्रमा विशेष ध्यान दिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । मलमूत्र चलाएमा राम्ररी हातगोडा धुने र मलमूत्रको व्यवस्थित विसर्जन गरिनु पर्ने सर्वमान्यता पनि छ । अन्यथा रोग सर्ने र वातावरण दूषित हुने गर्छ । अन्य व्यक्तिको मल (दिसा) लाई आफ्नो शरीरमा प्रवेश गराई उपचारात्मक लाभ लिन सकिने अवधारणा विकास भएको थाहा पाउँदा अचम्म मान्नु हुन्छ होला तर दिसामा हुने ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी आन्द्राका कतिपय समस्या समाधान गर्न सकिने देखिएको छ । आन्द्रामा रहेका हितकारी ब्याक्टेरियाले शरीरको प्रति
डेढ करोडको लगानीमा निर्मित दोलखाको भीमेश्वर नगरपालिका–६, टागनागीको भ्युटावर प्रयोगविहीन बनेको छ । आयआर्जन तथा मनोरञ्जनसमेत
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले ६८ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यव्रmम सुरु गरेको छ । भरतपुर–२४ का ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षणसँगै बुधबारदेखि सो अभियान शुभारम्भ गरिएको हो ।
कोरिओकार्सिनोमा जेस्टेसनल (गर्भसँग सम्बन्धित) ट्रोफोब्लास्टिक डिजिज (रोग) कै एक प्रकार हो । कोरिओकार्सिनोमा बिरलै हुने क्यान्सरमा गनिन्छ, जुन असामान्य गर्भका रूपमा विकसित हुन्छ । यस्तो असामान्य वृद्धि गर्भावस्थाको आरम्भिककालमा पाठेघरभित्रबाट सुरु हुन्छ । कोरिओकार्सिनोमालाई कोरियोब्लास्टोमा, कोरियोइपिथेलिओमा, जेस्टेसनल ट्रोफोब्लास्टिक, निओप्लासिया वा ट्रोफोब्लास्टिक ट्युमर पनि भनिन्छ । कोरिओकार्सिनोमा र मोलार गर्भबीच के भिन्नता छ भने कोरिओकार्सिनोमा गर्भ प्रक्रियाको
पत्रकार तथा कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ड्रिमि आइज विमोचन भएको छ । नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनको आयोजनामा एक कार्यक्रमका बिच कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडी पुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
सप्तरीमा लेनदेन तथा मिटरब्याजी समस्या समाधानका लागि दुवै पक्षले तदारुकता देखाए पनि जनशक्ति अभावमा काम गर्न कठिनाइ भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा विगत दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। हवाई सेवा बन्द हुँदा करोडौँ रुपियाँ लगानी गरी निर्माण गरिएका संरचना प्रयोगविहीन छन्। सरकारको करिब १६ करोड रुपियाँ लगानीमा बनेका संरचना विमानस्थल, टर्मिनल भवन र रनवेलगायतका संरचना अलपत्र परेका छन्। केही वर्ष पहिले कैलाली–धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दुरीमा समिट एयरले उडान सेवा सञ्चालन गर्दै आएको थियो।
कर्णाली प्रदेशका चार जिल्लामा बृहत् अपाङ्गता स्वास्थ्य समस्या देखिएका नागरिकको सहज उपचारका लागि दक्ष जनशक्ति तयार पार्न लागिएको छ । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कोर ग्रुपको सहयोगमा बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रममार्फत कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वय तथा जनस्वास्थ्य सेवा कार्यालयको सहजीकरणमा सो जनशक्ति तयार पार्न लागेको हो ।
पछिल्ला केही वर्षदेखि जिल्लाको विभिन्न राष्ट्रिय, सामुदायिक र निजी वनमा खेर गइरहेको ‘कालीकाठको दाना’ आम्दानीको स्रोत बन्न पुगेको छ । विशेष गरी पेटका विभिन्न रोग
चराको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । विगतका वर्षभन्दा यस वर्ष सुरुवाती चरणमै आन्तरिक र बाह्य पर्यटकको आगमन सुरु भएको हो ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ । हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ ।
कर्णाली प्रदेश सरकार, सङ्घीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। भौगोलिक रूपमा विकट कर्णालीमा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्म २७ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ । गत आवबाट दायित्व सरेका, टेन्डर भएका तर पूरा नभएका पुलको सङ्ख्या १५३ छ । यी सबै पुल निर्माणाधीन छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरू तय गर्ने बताइएको छ ।
कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो ।