कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका –१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणी छिमेकी मुलुक भारतको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कनु भएको छ । युगौँदेखि सामाजिक, सांस्कृतिक तथा जनजीवनका अनेक आयाम रहेको नेपाल र भारत सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले दूरगामी ऐतिहासिक महत्व थपेको छ । यो भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएका वार्ताले दुवै देशबिच थाती रहेका समस्याको दीर्घकालीन समाधान गर्न मार्गप्रशस्त गरेको छ । त्यसै गरी भारतसित भ
‘जसरी एउटा मैनबत्ती जल्न आगो चाहिन्छ, त्यसै गरी एउटा मान्छे परिपूर्ण बन्न आध्यात्मिक मन हुन जरुरी छ ।’ –बुद्ध यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतमा गर्नु भयो तर यसको अनावश्यक चर्चा त्यतिखेर भयो, जब शुक्रबार प्रधानमन्त्रीले इ
अर्थमन्त्रीले गत सोमबार बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माण गरिने घोषणा गर्नुभयो । यस घोषणासँगै शिक्षा क्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थी तरङ्गित बन्न पुगे । एकातिर गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने कुरा बजेटमा समेटियो भने अर्कोतिर शिक्षण सिकाइका लागि अति आवश्यक पर्ने शिक्षण सिप अर्थात् पेडागोजी नै नजानेका व्यक्तिलाई यस पेसामा प्रवेश गर्न बाटो खोल्ने कुरा कतिको उचित हो
नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष भयो । घोषणा आफैँमा बाध्यकारी व्यवस्था होइन । छुवाछुतमुक्त राष्ट्र घोषणाको अर्थ नेपालको राजनीति र दलित आन्दोलनमा निकै महत्वपूर्ण छ । जनआन्दोलन २०६२र६३ को सफलतापछि पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । जनआन्दोलनमा दलित समुदायले पु-याएको योगदानलाई सम्मान गर्दै सात राजनीतिक दलले नेपाललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेका थिए ।
छुवाछुत प्रथा अर्थात् जातीय विभेद एक सामाजिक कुप्रथा हो । यो हाम्रो राष्ट्रकै जटिल समस्याका रूपमा विद्यमान छ । जातीय भेदभाव मानव सभ्यताकै कलङ्कभन्दा हुन्छ । आज विश्व सभ्यताले चन्द्रमामा पाइला टेकेदेखि कृत्रिम बौद्धिकताको जमानामा आइपुग्दा पनि छुवाछुत जस्तो घृणित परम्परा अझै पनि समाजमा विद्यमान छ ।
गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी निर्वाचित हुनुभयो। पत्रकारितामा आफ्नो परिचय बनाउनुभएका चौधरी राजनीतिमा आएर स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ। ४७ वर्षीय चौधरीसँग गोरखापत्रका प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानामा विलम्ब नगरी तोकिएको समयभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ। वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाका सहभागीले उक्त परियोजना तोकिएको अवधिभित्रै पूरा गर्न सुझाव दिएका हुन्। छवर्षे परियोजनाको सम्झौता २०७९ साल भदौ १६ गते भएको हो। खानेपानी विभाग, वीरेन्द्रनगर नगरपालिका तथा विश्व बैङ्कसँग उक्त सम्झौता भएको थियो। भेरी नदीको पानीलाई लिफ्ट गरेर वीरेन्द्रनगर नगरपालिका–९ को अमृतडाँडामा सङ्कलन गरी सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकाङ्क्षी परियोजना हो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ। प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि अस्पताल सञ्चालनमा समस्या पर्दै आएको छ। प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराए पनि त्यसपछि गत वर्षबाट अनुदान सहयोग नदिएपछि अस्पताल सञ्चालनमा आर्थिक स्रोतको समस्या परेको हो।
दोलखाको तीन गाउँपालिकाको शिरमा रहेको हनुमन्तेडाँडामा हनुमानको अग्लो मूर्ति स्थापना हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा हस्तकला चुनौती र अवसर विषयक समूहगत छलफल गरिएको छ। छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बजारको माग अनुसारको आपूर्ति गर्न नसक्नु नै हस्तकला क्षेत्रको अहिलेको ठूलो समस्या बताउनुभयो। उहाँले भन्नुभयो, “हस्तकलाको बजार ठुलो छ, परम्परागत काष्ठ तथा धातुका मूर्तिहरूको चीनमा ठूलो माग छ। त्यसबाहेक अन्य एसियाली मुलुकबाट पनि माग बढ्दो छ। हामीले उनीहरूको माग पूरा गर्न नसक्दा मेसिनबाट निर्मित कलाले बजार ओगट्दै छ।”
बाँकेका वरिष्ठ कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ को शनिबार नेपालगन्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित गरिएको सो कथासङ्ग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले सामूहिक रूपमा गर्नुभयो।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले मन्दीमा रहेको अर्थतन्त्रलाई निकास दिनेमा नेपाल उद्योग परिसङ्घले आशङ्का व्यक्त गरेको छ । पुँजीगत खर्च बढाउनुपर्नेमा त्यसलाई नै सङ्कुचित पारिएको तथा कर नीतिमा अस्थिरतालगायतका केही कमजोर व्यवस्थाका कारण माग सिर्जना गर्ने, पुँजी प्रवाहलाई बलियो बनाउनेमा आशङ्का रहेको परिसङ्घले जनाएको हो ।