• १२ साउन २०८१, शनिबार

पराजुलीको ड्रिमि आइज विमोचन

blog

भरतपुर, मङ्सिर २१ गते । पत्रकार तथा कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ड्रिमि आइज विमोचन भएको छ । नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनको आयोजनामा एक कार्यक्रमका बिच कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडी पुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको हो । 

भुँडी पुराण पब्लिकेसन्सबाट प्रकाशित ड्रिमी आइज कथासङ्ग्रहमा १७ वटा कथा छन् । पराजुलीको यो तेस्रो कृति हो । गोरखापत्र दैनिकमा नारायणगढ समाचारदाताका रूपमा कार्यरत पराजुलीको यस अघि कुमाता र मोम्चो कथा सङ्ग्रह प्रकाशनमा छन् । 

कृति विमोचनपछि पुस्तक समीक्षा कार्यशाला गरिएको थियो । कार्यशालामा अङ्ग्रेजी विषयका २५ जना शिक्षकहरूलाई सहभागी गराइएको सो कार्यशालामा तयार भएको पुस्तकको समीक्षा कार्यक्रममा सुनाइएको थियो ।

समूह बनाएर समीक्षा गरिएका सामग्रीलाई मनोजकुमार विष्ट, मनोज क्षेत्री, अञ्जलि भुसाल र अर्जुन भट्टले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष क्षेत्री, कथाकार पराजुली लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।