• २ असार २०८१, आइतबार

लेबनान–इजरायली सीमामा झडप जारी

blog

काठमाडौँ, मङ्सिर २१ गते । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबिच झडप जारी छ । हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सिमाना सहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बाबजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् । त्यस्तै एक किसानले आफूहरूसँग पशुधनहरू रहेकाले गाउँ छोड्न नसकेको बताए ।

हमास र इजरायलबिच एक हप्ता लामो युद्धविरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुनः युद्ध सुरु भएपछि जनजीवन प्रभावित बनेको छ ।

सिन्ह्वाको सहयोगमा