पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा पोखराले स्र्पोटिङ इलाम एफसीलाई १–० गोलले हरायो ।
बाल क्लबका पूर्व सदस्यको राष्ट्रिय सम्मेलनमा बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग गरिएको छ । मङ्सिर १९ र २० गते काठमाडौँमा गरिएको सम्मेलन बुधबार २२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिएको हो ।
जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मङ्सिर १६ र १७ गते भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभयो।
किवी फल उत्पादन पछि भण्डारण गर्न नसक्दा घाटा सहन बाध्य भएका इलामका किसानका लागि ‘कुटबुट’ यतिबेला निकै प्रभावकारी भएको छ ।
रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।
बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन कार्य बुधबार सुरु गरिएको छ।
आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा प्रवेश गरेको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको विश्वास भएको बताउनुभएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तानसेनमा प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
रातको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा भएको प्रतिस्पर्धाका क्रममा निधन भएका प्याराग्लाइडिङ खेलाडी निस्सीम थापाको परिवारले घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६ औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।