खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ बाट सुरु हुने भएको छ ।
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिनु नहुने बताउनुभएको छ।
भैरहवामा भएको छैटाैं लुम्बिनी प्रादेशिक महोत्सव –२०८० मा साढे ९ करोडको कारोबार भएको छ ।
ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टले राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी पाउनुभएको छ ।
बुधवार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताउनुभएकाे हाे ।
कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा जारी दोस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको छ।
तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का विभिन्न ठाउँमा सामुदायिक कुकुरले बालबालिका र जीवजन्तुलाई टोक्न थालेपछि बन्ध्याकरण सुरु गरिएको छ ।
कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरूको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रात दिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।
राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।
बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माउनुभएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माउनुभएको हो ।
बागमती प्रदेश सरकारले प्रदेशको बहुवर्षीय आयोजनाहरूको ठेक्का सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नुपरेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो ।