बुटवलमा पुस ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेला हुने भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने मेलाले सुस्ताएको अर्थतन्त्र माथि उठाउन सहयोग पुग्ने मेला आयोजक रुपन्देही व्यापार सङ्घले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताउनुभएको छ ।
३२औँ अपाङ्गता दिवसको अवसरमा नेत्रहीन क्रिकेट सङ्घ नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेश काठमाडौँले जितेको छ ।
विराटनगर ७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा आगो लागेको छ। आगलागीमा परेर घाइते भएका पाँच जनालाई प्रहरीले उद्धार गरेको छ।
चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ ।
समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।
हुम्लामा यस वर्ष मार्सी धान उत्पादनमा वृद्धि भएको छ । अधिकांश खेतमा सिँचाइको सुविधा हुनु र धानमा रोग किरा नलागेको कारण उत्पादनमा वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।
नता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
“म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।
लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताउनुभएको छ।
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ बाट सुरु हुने भएको छ ।
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिनु नहुने बताउनुभएको छ।