नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा सात उपाध्यक्षलाई ३२ वटा समूहमा विभागको समूह बनाइ कार्यविभाजनका लागि संयोजक तोकिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न गएका झापा कनकाई नगरपालिका २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली कार्य अनुमतिको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली कार्य अनुमति (वर्क परमिट) देखाइ विभिन्न प्रलोभनमा पार्ने भन्दै त्यस्तो प्रलोभनमा नपर्न प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको हो ।
नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला अन्नपूर्ण हिमाल आरोहणका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुग्नुभएको छ । सन् २०१९ मा पुर्जाले कायम गरेको विश्व किर्तिमान तोड्न हरिला हिमाल यसपाली आरोहणका क्रममा हुनुहुन्छ ।
चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्नेगरेका छन् ।
धोबी समुदायहरुले आफ्नो पुर्ख्यौली पेशाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । विदेशभन्दा बढी कमाई गरेर लहान –३ का शत्रुधन साफी लुगा धोई ईस्त्री (लोहा) लगाएर महिनाको ५० हजारभन्दा बढी कमाइ भइरहेको बताउनुभयो ।
लोकगायक प्रेमराजा महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ।
धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –७ मा धिमाल सांस्कृतिक महोत्सव एवम् फुड फेष्टिवलको आयोजना गर्नेभएको छ । पालिका भित्रका ६ वटै गाउँटोलमा जातिरि र सिरिजात सम्पन्न भएपछि कानेपोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरी यस वर्षको जातिरि पर्व समापन गर्न लागिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी फेष्टिवलका विषयमा जानकारी गराइएको हो ।
मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू (तातो हावा) चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अधिकतमदेखि न्यूनतम तापक्रम वृद्धि हुँदा तातो हावा चल्ने जनाएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आइतबार जेठ २१ गते देखि महानगरभित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औं चरणको खेल सकिँदा उपाधि होड र रेलिगेसन रोचक मोडमा पुगेको छ । लिगमा तीन चरणको खेल मात्र बाँकी रहँदा कुन टोलीले उपाधि चुम्ला भन्ने कौतुहलता बढेको छ ।
विशेषगरी गुुरुङ युवा समुुदायले गाउने सुुनिमाया भाका पछिल्लो समय लोप हुँदै गएको छ ।
डिभिजन वन कार्यालयको पञ्च वर्षीय योजनामा समावेश लक्ष्यभन्दा बढी गोलिया जिल्लाबाट निकासी भएको हो ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले १२ दिनको चीन भ्रमण फलदायी भएको बताउनुभयो।