समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । घानामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ ।
चलचित्र ‘दान्भी’ को पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नहुँदै सार्वजनिक भएको पोस्टरमा अभिनेत्री पूजा शर्माले मेसिनगनबाट फायर गर्दै गरेको तस्बिरमा देखिएको छ ।
सुर्खेतका कृष्णबहादुर रानामगर (रिदम भनेर चिनिने) ले क्रोएसियामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै १२ करोडभन्दा धेरै रकम ठगी गरेको खुलेको छ । क्रोएसिया जाने प्रलोभनमा परेर १५० जना पीडितले रिदमलाई प्रतिव्यक्ति आठ लाखदेखि १४ लाख रुपियाँसम्म दिएको भन्दै मिडियामा आएपछि सो विषय खुलेको हो । पीडितले सरकारी निकाय, प्रहरी प्रशासनमा ठगिएको प्रमाणसहित पटक पटक धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै आएका छन् । रिदमसहितका पाँच जनाको गिरोहबाट ठगिएका युवा अधिकांश दोलखावासी रहेको जनाइएको छ ।
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेपछि विभिन्न दबाबका कार्यक्रम घोषणा गरिएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले विरोध प्रदर्शन गर्दै विमानस्थल पूर्ण रूपमा सञ्चालनको मागसहित यही मङ्सिर २२ गतेदेखि दबाबका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
मुलुकमा लघुवित्तको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको चरम केन्द्रीकरण भएको देखिएको छ । लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको देखिएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ तर नेपाल राष्ट्र बैङ्कले तयार गरेको लघुवित्त अध्ययन प्रतिवेदनका अनुसार लघुवित्त वित्तीय संस्थाको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको केन्द्रीकरण भएको देखाएको छ ।
प्रतिनिधि सभाका दुई विषयगत समितिले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्री प्रक्रियाको छानबिन थालेका छन् । सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार प्रारम्भिक रूपमा नियामक निकायका प्रतिनिधिसँग छलफल गरेका हुन् । लेखा समितिले सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया नै रोक्न निर्देशन दिएको छ । अर्थ समितिले खरिद बिक्रीका सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वसुरक्षाकर्मी र बहालवाला सुरक्षाकर्मीलाई आर्थिक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गिरोहका नाइके हरिबहादुर विश्वकर्मा (हरि विक) सहित ११ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
कैलालीमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सहज र सरल तरिकाले सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम हुनु भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मार्नु भएको हो ।
काठमाडौं, मङ्सिर २० गते । कनफट्टा जोगी कथामा आधारित जोगीको फेरी परम्परा नामक वृत्तचित्रले अवार्ड प्राप्त गरेको छ । पत्रकार भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको उक्त वृत्तचित्रले गत मङ्सिर १५, १६ र १७ गते भारतको बनारसमा आयोजित संस्कृति र पर्यटन सम्बन्धी लघु चलचित्र महोत्सवमा अवार्ड हात पारेको हो । महोत्सवमा प्रदर्शनका लागि छनौटमा परेका ४४ देशका ९४ फिल्म मध्ये पत्रकार श्रेष्ठका वृत्तचित्रले पनि अवार्ड पाएको हो । श्रेष्ठलाई एक समारोहबीच आयोजक संस्थाका अध्यक्ष देवन्द्र खंडेलवालले अवार्ड प्रदान गर्नुभयो । विश्वका एक सय १५ देशबाट ३ हजार दुई सय १२ फिल्ममध्येबाट प्रर्दशनका लागि छनौट भएका ९४ फिल्ममा श्रेष्ठले निर्माण तथा निर्देशन गरेको ‘जोगीको फेरी परम्परा’ र ‘मकै विवाह गरी २’ वृत्तचित्र पनि छनौट भएको थियो । ती मध्ये जोगीको फेरी परम्पराले संस्कृति विधा अन्तर्गतको अवार्ड पाएको हो ।
हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द हुनेभएको छ ।