• २ असार २०८१, आइतबार

‘नेपाल दस हजार सेना तैनाथ गर्न तयार छ’

blog

घाना, मङ्सिर २१ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । घानामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता तथा नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने भनाइ राख्नुभयो । उपप्रधानमन्त्री खड्काले नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी/पिसिसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाबिच सुधारिएको समन्वय संयन्त्र धेरै महŒवपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने बताउनुभयो । उहाँले नेपालले यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपियु र आरडिएलमा स्तरोन्नति गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले नेपाल इओडी इहाई, एकल एकाइ, रेकी एकाइ, क्युआरएफ कम्पनी र एमपी कम्पनीलाई स्तरोन्नति गर्न प्रतिबद्धता जनाउनुभयो । 

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति नेपाल प्रतिबद्ध रहेको भन्दै वीरेन्द्र शान्ति कार्यतालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको बताउनुभयो । यसैबिच उपप्रधानमन्त्री खड्कासँग राष्ट्रसङ्घ र घाना सरकारका उच्च पदाधिकारीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।