• १२ साउन २०८१, शनिबार

सरल तरिकाले सेवा प्रवाह गर्न अध्यक्ष ओलीको आग्रह

blog

नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली ।

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सहज र सरल तरिकाले सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । 

मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्दै अध्यक्ष ओलीले आज सो आग्रह गर्नुभएको हो । भवन मात्र राम्रो भएर नहुने भन्दै सेवाग्राहीले सहज र सरल तरिकाले सेवा पाउनुपर्नेमा जोड दिनुभयो ।

झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा गुल्मीको मुसिकोट नगरपालिका वामीमा भएको आमसभालाई सम्बोधन पश्चात अध्यक्ष ओलीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । सुविधा सम्पन्न चार तले भवन ८ करोड ४८ लाख ११ हजार ४२० रुपियाँको लागतमा निर्माण भएको हो । भवन निर्माणको जिम्मा श्रेष्ठ महादेव खिम्ती जेभीले पाएको थियो । 

२०७७ पुस १७ मा सम्झौता भई २०७९ पुस १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि दुई पटक म्याद थपगरी प्रशासकीय भवनको निर्माण भएको हो । पछिल्लो थप भएको म्यादअनुसार पुस मसान्तसम्म कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाका इन्जिनियर राजेन्द्र गौतमले जानकारी दिनुभयो । भवन निर्माण ब्यवसायी हरिकुमार श्रेष्ठलाई अध्यक्ष ओलीले सम्मानपत्र समेत प्रदान गर्नुभयो ।