विपत्को समयमा हुने जनधनको क्षतिबाट जोगाउने उद्देश्यले नेपाली सेना वीरदल गण पुरेनवा ब्यारेकले राजदेवी नगरपालिकाको ब्रह्मपुरीस्थित बागमती नदीमा तालिम तथा अभ्यास गरेको छ। नेपाली सेना वीरदल गणको संयोजकत्व अन्य सुरक्षा निकाय र सरोकारवाला सङ्घ संस्थाको सहभागितामा सञ्चालित जेठ १३ देखि १९ गतेसम्म सामुदायिक विपत् प्रतिकार्य तालिम तथा अभ्यास मनसुन–३ सम्पन्न गरेको हो।
छारे रोग र विपन्नतासँगै जीर्ण छाप्रोमा दुई जना छोराछोरीका साथ जीवनयापन गरिरहेका मिक्लाजुङ गाउँपालिका–८, दुरदिम्बा निवासी भीमबहादुर तामाङको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ। तामाङ परिवारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नयाँ घर बनाइदिनुभएको हो। काठ र टिन प्रयोग गरेर निर्माण गरिएको तीनकोठे घर हस्तान्तरण गरिएको छ। घर निर्माणका लागि जिल्लामा क्रियाशील सामाजिक संस्था जनसेवा समाज पाँचथरले समन्वय गरेको थियो।
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को बजेटप्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नआएको जनाउँदै पर्यटन व्यवसायीले आगामी आवमा पर्यटन प्रवर्धनमा कुनै उपलब्धि नहुने दाबी गरेका छन् । सरकारले आगामी आवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजन गरिएको बजेटले नयाँ गन्तव्यको विस्तार, पर्यटन पूर्वाधार निर्माण, पर्यटन व्यवसायीलाई राहतलगायत पर्यटक आउने वातावरण नै नरहेको व्यवसायीहरूको भनाइ छ ।
नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।
गायिका अञ्जु पन्तको गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ। दुःख पीडा झल्किने गीतमा सविता पोखरेलको शब्द तथा सरोज कोइरालाको सङ्गीत छ। गीतको म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’, अञ्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ। ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन्, कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषय भिडियोमा देखाउन खोजिएको छ। नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा नवीन उप्रेतीको सम्पादन छ।
दोलखाको भीमेश्वर नगरपालिका –२ को प्राचीन नगरी दोलखामा करिब तीन दशकपछि बज्रधर मूर्ति कुलायनमा भित्राइएको छ ।
मधुपर्क सम्मान, २०८० यस पटक वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई प्रदान गरिने छ। वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले उक्त निर्णय गरेको हो। गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ।
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएकोे जनाएको छ । विभागका अनुसार आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै उक्त गिरोहले नक्कली ‘वर्क परमिट’ बनाएर ठगी गर्ने गरेको पाइएको हो ।
‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ बिहीबार २३ औँ विश्व दुध दिवस मनाइएको छ । दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा छलफल दुधको हुनुपथ्र्याे तर राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको विषयमा नै चर्चा भयो ।
राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मित्रराष्ट्र चीनको भ्रमण आगामी साउनको मध्यतिर हुन सक्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनाएको छ। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीन भ्रमण गरी फर्किएको टोलीले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
काठमाडौँ महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही गरिने जानकारी दिनुभयो। उहाँले यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सरोकारवालासँगको बैठकबाट सहमति र निर्णय भएको उल्लेख गर्नुभयो। यसैबीच काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानले रात्रिभोज दिनुभएको छ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ ।
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ (पहिलो संशोधन) २०७५ संशोधनको माग गरिएको छ।