संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानि नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार ‘द प्ली अफ माउण्टेन’ प्रदर्शन गरिएको छ ।
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।
मकवानपुरमा बुधबार भएको छुट्टा–छुट्टै दुर्घटनामा दस जना घाइते भएका छन् ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा स्पेसल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।
रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो ।
रौतहटको मौलापुर नगरपालिकाले सञ्चालनमा ल्याएको ‘असहायसँग मेयर’ कार्यक्रमले विपन्न वर्गलाई राहत पुगेको छ । उमेर पुगेकी छोरीको विवाहको लागि आर्थिक सहयोग गर्ने उद्देश्य राखी पालिकाले सञ्चालनमा ल्याएको उक्त कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जिल्लास्तरीय राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट बुधबारदेखि सुरु भएको छ ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा बुधबार घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।
मस्तिष्कको नसासम्बन्धी शल्यक्रिया र उपचारका लागि यस क्षेत्रका अधिकांश बिरामी भारतको लखनउस्थित सुविधा सम्पन्न अस्पतालमा जानेगरेको भए पनि यहीँ नै सफल शल्यक्रिया हुन थालेको छ ।
गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४८ जनामा एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
विराटनगर –७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा भएको आगलागी घटनामा दुई जनाको ज्यान गएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई प्रोत्साहन स्वरूप पाँच लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ ।
बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पढाउनुभएको छ । उहाँहरूले विद्यार्थीलाई पुस्तकको पाठ्यक्रमको पाठ नपढाएर लागूऔषध दुर्व्यवहार विरुद्धको सचेतनाको पाठ पढाउनुभएको हो।