कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको प्राथमिकता क्रम निर्धारण गरी सङ्घीय संसदमा पेस गर्ने सम्बन्धमा यथाशिघ्र विधेयक मस्यौदा तयारी गरी पठाउन सबै मन्त्रालयमा आग्रह गरेको छ ।
झापाको कमल गाउँपालिकाले विद्यालय हल तथा कोठाहरू कुनै पनि राजनीतिक दलहरूलाई कार्यक्रम गर्न तथा बैठक बस्न उपलब्ध नगराउने निर्णय गरेको छ ।
चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् ।
नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्गको सङ्कल्प यात्रा आज बुधवार गण्डकी प्रदेशमा प्रवेश गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सातौँ दिनमा बागलुङ प्रवेश गरेको हो ।
सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । विसं. २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई सात केजी सुनसहित पक्राउ गरेको छ ।
नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ ।
'न्याय मरेको छैन' भन्ने सन्देश रुकुमपश्चिमको जिल्ला अदालतले दिएको छ । अदालतले मङ्गलबार गरेको फैसलाको स्वागत गर्दै पीडित परिवारले बुधबार बाजागाजासहितको र्याली निकालेका छन् र अदालतको प्रवेशद्वारमा ढोगेर फूलमाला पनि बर्साएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताउनुभएको छ ।
पछिल्लो समय तरकारीको मूल्य ओरालो लागेर लागत मूल्यसमेत नपाउने अवस्थामा पुगेपछि कृषकहरु चिन्तित बनेका छन् ।
सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ जना एचआइभी एड्स सङ्क्रमितको ज्यान गएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्या सङ्क्रमितले ज्यान गुमाएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ज्यान गुमाउनेमा २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।
“अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ ।
एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या भएको बताउनुभएको छ ।
म्याग्दीको सदरमुकाम बेनी बजारको वीरेन्द्रचोकलाई नमुना चोक बनाइएको छ । सडक छेउका पर्खालमा फूलका गमला, चौतारी मर्मत, वाल तथा पेटीहरूमा रङ्गरोगन र दैनिक रूपमा सडक सरसफाइ गरेर नमुना चोक बनाइएको हो ।