धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ ।
कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल–चीन सीमाक्षेत्र हिल्सा बजारमा सशस्त्र प्रहरीले सरसफाइ अभियान चलाएका छन् ।
शिक्षक अभावमा २०७९ माघ महिनादेखि बालीविज्ञान प्राविधिक धारका सम्पूर्ण पठनपाठन ठप्प रहेको विद्यार्थीको भनाइ छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ ।
बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला आठ सय रुपियाँले घटेको हो ।
प्रनाउ तिवारीका अनुसार मङ्गलबार राती करिब ७ बजेको समयमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे ८ प २८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कोहलपुर १४ का ७० वर्षीय प्रमोद पौडेल घाइते भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताउनुभयो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पछिल्लो समयमा झापासहित पूर्वी नेपालमा जङ्गली हात्तीका कारण भएको समस्या सामधानका लागि चासो राख्नुभएको छ।
दक्षिण पाकिस्तानमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।
इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजापट्टीमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधि सभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मङ्गलवार अमेरिकी राजधानी वाशिङटन डिसी जानुभएको छ ।