काठमाडौं, मङ्सिर २० गते । इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजा पट्टीमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधि सभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मङ्गलवार अमेरिकी राजधानी वासिङ्टन डिसी जानुभएको छ ।
उहाँले वासिङ्न डिसीमा रहेको युएस सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजमा हुने बैठकमा इजरायली युद्ध र त्यसको असरबारे पनि सम्बोधन गर्नुहुनेछ ।
प्रतिनिधिमण्डलले युद्धविरामका लागि आग्रह गर्न र गाजामा बिग्रँदै गएको मानवीय अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गर्ने अपेक्षा गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल