तनहुँमा हराएका एक वृद्ध मृत अवस्थामा भेटिनु भएको छ । तनहुँ देवघाट गाउँपालिका–५ माथिल्लो बगन्दी बस्ने बर्ष ७७ को आसबहादुर गुरुङ मृत भेटिनु भएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।
लामै माथापच्चीपछि सङ्घीय संसद् एवं प्रदेश सभामा चुनावी गठबन्धनमा सामेल दलहरूबिच नै सरकार गठनमा पनि सहमति भएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित यो सरकारले एक वर्षको समयावधि पूरा गर्न लागेको छ । यसबिचमा सरकारले गरेका राम्रा काम तथा सरकारसामु देखिएका चुनौतीको बारेमा जनतालाई सुसूचित गराउने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले सोमबार (१८ गते) मूलधारका सञ्चार माध्यमका सम्पादकसँग खुलेर कुरा राख्नुभएको छ । नयाँ गठित सरकारका लागि सय दिनको अवधिलाई ‘मधुमास समय’ भनेर त्यस
हाम्रो राष्ट्रिय राजनीति लगामबिनाको घोडा जस्तै बन्दै गइरहेको छ । सैद्धान्तिक र वैचारिक पक्ष हराउँदै गएको छ । इमान–जमान, आस्था र विश्वास डगमगाइरहेका छन् । जे पायो त्यही गर्ने र बोल्ने क्रम बढिरहेका छन् । लहड, सनक र झोँक देखाएर आफ्नो स्वार्थ सिद्ध गर्ने सजिलो प्रवृत्ति मौलाइरहेको छ । सामाजिक सञ्जा
अहिले विकास पत्रकारिता र मिडिया साक्षरताका बारेमा मिडियाकर्मी मात्र नभएर मिडिया उपभोक्ताका बिचमा बहस हुन थालेको छ । हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, गाउँ गाउँमा डोजर चलाउने, वन विनाश गर्ने, कङ्क्रिटयुक्त संरचनाहरू निर्माण गर्ने कार्यमा वृद्धि भइरहेको छ । चाहिनेभन्दा बढी मात्रामा यातायातका साधन, कलकाखानाबाट उत्पादन हुने धुँवा कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड मानवजातिले स्वासमार्फत फोक्सोमा प्रवेश गराएर मन्द विष सेवन गर्ने कार्यमा बढोत्तरी भइरहेको छ । त्यसो त वैज्ञानिक अविष्कारको होडबाजी नै विकास हो भन्ने मानसिकताका कारण एटम
सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार टिकटकले पत्रमा स्वनियमनका मान्यता अनुसार अघि बढ्ने प्रस्ट पारेको छ।
कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी गर्ने गरेको हो ।
रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । डबल लेन कालोपत्रे नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ । चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरि खाल्टाखुल्टी छन् तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारीसाधनको चाप बढिरहेका बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारीचालक बताउँछन् ।
हिउँदे वर्षा र अग्लो डाँडामा परेको हिमपातका कारण रुकुमपश्चिमका भूकम्पपीडितको जनजीवन थप कष्टकर बनेको छ । त्रिपालमुनि बस्दै आएका भूकम्पपीडितको स्वास्थ्य चिसोले गर्दा थप जोखिममा परेको छ । चिसोका कारण यहाँका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घ रोगीको स्वास्थ्य अवस्था थप जोखिममा परेको छ ।
स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका उहाँको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । विसं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायणगोपालले थुप्रै कालजयी गीत गाउनुभएको छ । ‘मलाई नसोध कहाँ दुख्छ घाउँ’, ‘एउटा मान्छेको मायाले कति’, ‘केही मिठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ ‘मोहनी लाग्ला है’ ‘यो सम्झिने मन छ’ जस्ता गीत चर्चित छन् । त्यस्तै हरेक वर्ष नारायणगोपाल सङ्गीत कोषले आएको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरिएको छ ।
नेपालमा सिक्वेल चलचित्रले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक प्रदीप भट्टराईको लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल चलचित्र पनि राम्रो बन्छ भन्ने प्रमाणित गरेको छ । उहाँ अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कनमा व्यस्त हुनुहुन्छ । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भइरहेको छ । चलचित्रमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेललगायतले अभिनय गरिरहेका छन् ।
१. द इन्टरनेसनल बुकर प्राइज, २०२३ बाट सम्मानित हुने स्रष्टा को हुन् ? जिओर्जी गोस्पोडिनोभ (बुल्गेरिया) (उपन्यास : टाइमसेल्टर) – पुस्तकलाई एन्जेला रोडेलले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । – बेलायतको म्यान ग्रुपले प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ । – सन् २००४ जुनमा स्थापित यो पुरस्कार सन् २००५ देखि प्रदान गर्न थालिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।