प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलनमा विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आर्थिक मन्दीले पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे विशेष छलफल भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा पशु अस्पताल निर्माण भइरहेको छ । पशुपन्छीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण भइरहेको छ । नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो ।
बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो।
साहित्य र आमसञ्चारको सम्बन्ध व्यापक छ । आमसञ्चार र साहित्य मात्रै भनिए पनि यस सन्दर्भमा आमसञ्चार साधन पनि मिसिन्छन् । यसो भएपछि साहित्य, आमसञ्चार र आमसञ्चार साधनबीचको सम्बन्ध, भिन्नता र परिपूरकताबारे स्पष्ट हुनुपर्छ ।
सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाका सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको छ। शिक्षामा कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, प्रदेशमा शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थी अनुपात कम भएका विद्यालय गाभिनुपर्ने माग छलफलमा राखिएको छ।
कर्णालीबाट विदेश बस्नेको जनसङ्ख्या अन्य प्रदेशभन्दा कम देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा वीरेन्द्रनगरमा बुधबार आयोजित राष्ट्रिय जनगणना–२०७८ को कर्णाली प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यव्रmममा सो जानकारी दिइएको हो। सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार ९०६ जना विदेशमा बसोबास गर्छन्। नतिजा अनुसार देशका १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा बस्छन्। नेपालबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोबास गर्दै आएका देखिन्छ। तीमध्ये कर्णालीका ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना विदेशमा बसोबास गर्दै आएका छन्। २०६८ को जनगणनामा कर्णालीबाट ६७ हजार ५८२ जना विदेशमा
दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण ओझेलमा परेको छ। पहिलो प्राथमिकतामा रहेको यो सडकका लागि बजेट थप्नुको सट्टा कटौतीमा परेपछि निर्माण कार्यमा चुनौती थपिएको हो।
बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ। महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । बुधबारदेखि सुरु भएको यो भ्रमणमा प्रधानमन्त्रीले द्विपक्षीय हित र चासोबारे भारतका समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग आज बिहीबार छलफल गर्नुहुने छ । भ्रमणपूर्व परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दिनुभएको जानकारी अनुसार भ्रमणका व्रmममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची छन् । नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने छ । परराष्ट्रमन्त्रीका अनुसार यस पटक कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने छ ।
मुलुकको अर्थतन्त्र यतिबेला चलायमान हुन सकेको छैन । आर्थिक क्रियाकलाप प्रायः शून्य अवस्थामा छन् । आर्थिक गतिविधि नभएको कारणले गर्दा राजस्व सङ्कलन हुन सकेको छैन । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महìवपूर्ण भए पनि अहिले निजी क्षेत्र पनि शिथिल हुँदै गएको छ । आन्तरिक उत्पादनमा वृद्धि हुन सकिरहेको छैन । न्यूनतम आवश्यकता पूर्तिका लागि पनि उपभोग गर्नु नै पर्ने हुँदा उपभोग बढ्न गएको छ । उपभोग बढ्नुको साथसाथै बेरोजगारी बढ्दै ग
झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित नेपाल–भारत सम्बन्ध थप बलियो बनाउँदै नेपालको अर्थतन्त्र सुधार र विकास गतिविधिलाई बढावा दिने आशा र अपेक्षा छ । केपी ओली नेतृत्वको सरकारको पालामा द्विपक्षीय संवाद नै रोकिएको अवस्थाबाट तत्कालीन प्रधानमन्त्री देउवाले विश्वासको वातावर
तत्काल विशाल समुदायसम्म पुग्ने माध्यम नै आमसञ्चार हो । त्यसैले भन्नैपर्ने हुन्छ, सबै सञ्चारमाध्यम आमसञ्चार होइनन् । साहित्यिक रचना स्वयंमा सञ्चारमाध्यम हो । कुनै समयको साहित्यिक हवाईपत्र प्रकाशनदेखि मधुपर्क, गरिमा, समकालीन साहित्य, कविता, अभिव्यक्ति, रचना, भानु, मिर्मिरे, समष्टि, समकालीन साहित्य, सयपत्री, रूपान्तरण, थायभु, नवप्रज्ञापन, कलाश्री, शिवपुरी सन्देश, जुही जस्ता साहित्यिक पत्रिका पनि आमसञ्चार होइनन् ।
दक्षिणपूर्वी एसियामा थाइल्यान्ड मात्र उपनिवेश बन्नबाट जोगिएको संवैधानिक राजतन्त्रात्मक मुलुक हो । त्यहाँ सन् १९३२ देखि राजतन्त्र संवैधानिक भयो । संवैधानिक भए पनि राजाको अधिकार धेरै छ । राजा र राजपरिवारको विरोधमा बोल्न र लेख्न पाइँदैन । राजाको विरोध गर्नेलाई १५ वर्षसम्म जेल सजाय हुन्छ । पछिल्ला दिनमा राजतन्त्रको विरोध हुन थालेको छ । राजतन्त्रको विरोध गर्ने दुई सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।