रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्न गइरहेको लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने व्यवसायीले प्रतिवद्धता जनाएका छन्।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
ताप्लेजुङमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपाल नामक संस्थाले गुणस्तरीय शिक्षा लक्षित परियोजनामा लगानी गर्ने भएको छ।
बाल क्लबमा आबद्ध नेतृत्व देश विकासको मूलधारमा आउन सक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । आजबाट काठमाडौँमा सुरुभएको बाल क्लबका पूर्व सदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले नेपाल सरकार स्वदेशी उत्पादनको वस्तुलाई सेवामुखी बनाएर रोजगारीलाई बढवा दिन लागेको बताउनुभयो।
प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब ४–३ गोल अन्तरले हराँउदै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१औँ संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो ।
अमूर्त चित्रकारको रुपमा स्थापित हुनु भएका पुरन खड्का कलाका रुपमा रहेका चित्रहरुको प्रदर्शनी आजबाट सुरु भएको छ ।
यही पुस ३ र ४ गते सम्पन्न हुन गइरहेको नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनको तयारी तीव्रताका साथ अगाडि बढेको छ । सम्मेलनको कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री एवम् शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गर्नुभएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताउनुभएको छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो।
कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।