नेपालमा सिक्वेल चलचित्रले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक प्रदीप भट्टराईको लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल चलचित्र पनि राम्रो बन्छ भन्ने प्रमाणित गरेको छ । उहाँ अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कनमा व्यस्त हुनुहुन्छ । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भइरहेको छ । चलचित्रमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेललगायतले अभिनय गरिरहेका छन् ।
१. द इन्टरनेसनल बुकर प्राइज, २०२३ बाट सम्मानित हुने स्रष्टा को हुन् ? जिओर्जी गोस्पोडिनोभ (बुल्गेरिया) (उपन्यास : टाइमसेल्टर) – पुस्तकलाई एन्जेला रोडेलले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । – बेलायतको म्यान ग्रुपले प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ । – सन् २००४ जुनमा स्थापित यो पुरस्कार सन् २००५ देखि प्रदान गर्न थालिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घीय संरचनामा प्राकृतिक स्रोत १. नेपालको सङ्घीय संरचनामा प्राकृतिक स्रोत परिचालन एवं लाभ बाँडफाँटसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था प्रस्तुत गर्दै दूरसञ्चार सेवा रेडियो फ्रिक्वेन्सीबापतको रोयल्टी बाँडफाँटसम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् । प्रकृतिबाट प्राप्त गरी आर्थिक मूल्य सिर्जना गर्न सकिने वस्तुहरू प्राकृतिक स्रोत हुन् । नवीकरणीय र अनवीकरणीय स्वरूपमा रहने यस्ता स्रोतहरू पृथ्वी र पृथ्वीवासीको अस्तित्वसँग जोडिएका छन् । राज्यले प्राकृतिक स्रोतको परिचालन गर्दा अर्थतन्त्र, समाज र पर्यावरणलाई फाइदा पुग्ने गरी दिगो रूपमा व्यवस्थापन गर्नुपर्ने मान्यता विकास भएको छ ।
‘पुष्करिणी परोपकार गोकुल धाम’ मा अहिले तीन सयभन्दा बढी गाई छन् । दुई वटा ठुला र दुई साना गोठ छन्, छेउमै गोदाम छ । वरिपरि बिरुवा रोपिएका छन्, चौतारी बनाइँदै छ, साना बाच्छाबाच्छी रमाउँदै दौडिन्छन् । यो रमणीय दृश्य हेर्न टाढा टाढाबाट मान्छे आउँछन् ।
सर्लाहीका उखु किसानले प्राप्त गर्न बाँकी अनुदान रकम पाउने नपाउने अनिश्चित बनेको छ । अर्थ मन्त्रालयले पूरा रकम निकासा नगर्दा यहाँका किसानले गत वर्ष बिक्री गरेको उखुको ३० प्रतिशत मात्रै अनुदान रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले मन्त्रालयबाट निकासा भएको अधुरो रकम प्रत्येक किसानलाई ३० प्रतिशतका दरले तिहारअघि बैङ्क खातामा पठाइदिएको थियो ।
‘माटो र पानी, जीवनको थालनी’ मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम मङ्गलबार १० औँ विश्व माटो दिवस मनाएको छ । माटो दिवसको उपलक्ष्यमा माटो विज्ञान अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा दुई जना किसानलाई सम्मान गरेको छ । कृषिका लागि गुणस्तरीय माटोको प्रयोग गरेको भन्दै दाङका प्रेम चौधरी र रुकुमका कृष्णबहादुर खड्कालाई सम्मान गरिएको हो । विभिन्न जिल्लाबाट तीन हजार ४७५ वटा माटोका नमुना सङ्कलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुवै जनालाई १०/१० हजार नगदसहित सम्मान गरिएको हो ।
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रधानसेनापति प्रभुराम शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा भएका गल्तीको भागीदार स्वयम् सैनिक अधिकारी नै हुने बताउनुभएको छ । नेपाली सेनाको उच्च अधिकारीको शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठिरहेको बेला उहाँले व्यक्तिगत गल्तीको जवाफदेहिता स्वयम् अधिकारी रहने बताउनुभएको हो । नेपाली सेनाका कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले व्यक्तित्व विकासका लागि स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि अमर्यादित र अस्वस्थ तवरले प्रतिस्पर्धीलाई दोषी देखाएर आफू अगाडि बढ्न सकिन्छ कि भन्ने दुर्भावना नराख्नसमेत सकल दर्जालाई सचेत गराउनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले परराष्ट्र मन्त्रालयमा मङ्गलबार नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको अवस्था पत्ता लगाउनका लागि कूटनीतिक पहलका लागि अनुरोध गर्नुभएको हो ।
छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ ।