अहिलेको युग ज्येष्ठ नागरिकको हो । विश्वव्यापी जनसङ्ख्या वृद्धि भएसँगै नेपालमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या बढेको छ । नेपालको जनगणना, २०७९ अनुसार अहिले नेपालमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत जनसङ्ख्या ज्येष्ठ नागरिकको छ । घट्दो जन्मदर र औसत आयुमा भएको वृद्धिले ज्येष्ठ नागरिकको जनसङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ । जनसङ्ख्याको यस किसिमको प
भरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद गुज्रेका सामग्री र अखाद्य वस्तु फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
झिमरुक गाउँपालिका–५ की शर्मिला थापाको दैनिकी अहिले फेरिएको छ । घरायसी काम र खेतबारीका काममा व्यस्त हुने शर्मिला अहिले भने गाउँमै चोयाचित्रोको सिप सिक्न व्यस्त हुनुहुन्छ । बिहान खाना खाएपछि उहाँ गाउँको सामुदायिक भवनमा पुगेर बाँसका सामग्री बनाउन थाल्नु हुन्छ ।
पेट्रोलियम पदार्थको भण्डारण क्षमता सबैभन्दा धेरै मधेश प्रदेशमा र न्यून कर्णाली प्रदेशमा रहेको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपाल आयल निगमका प्रादेशिक भण्डारण केन्द्रमध्येमा मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्नका लागि २४ हजार ३६२ किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ । कर्णाली प्रदेशमा दुई दिनसम्मका लागि १२६ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै बागमती प्रदेशमा १३ दिनको माग धान्ने गरी २२ हजार २८८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै लुम्बिनी प्रदेशमा पाँच दिनका लागि सात हजार ९४८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै गण्डकी प्रदेशमा ११ दिनलाई पुग्ने तीन हजार ५०४ किलोलिटर भण्डारण क्षमता रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकोमा मधेश प्रदेश सभाका सदस्यहरूले धन्यवाद दिनुभएको छ। मधेश प्रदेश सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्नुहुने अधिकांश सभा सदस्यहरूले राष्ट्रपतिको यस कदमको सराहना गर्दै धन्यवाद व्यक्त गर्नुभएको हो।
सर्लाहीमा विभिन्न मिटरब्याजीविरुद्ध एक हजार ९२० वटा उजुरी परेका छन्। मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोगले उजुरी माग गरेदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सो सङ्ख्यामा उजुरी परेको हो।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त बुधबार प्रदेश सभामा पेस गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत लिनुभएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभा बैठकमा विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभएको हो।
आगामी आर्थिक वर्ष २०८०/८१ को घोषित बजेटले गरेको करका दर हेरफेरप्रति विभिन्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले असन्तुष्टि जनाएका छन् । होटल सङ्घ नेपाल, समुद्रपार निकासी पैठारी सङ्घ र नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले करका दर वृद्धिका कारण आफ्नो क्षेत्रको उद्यमशीलता र प्रतिस्पर्धी क्षमता कमजोर हुने भन्दै बजेटको आलोचना गरेका हुन् ।
गायक/सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र उहाँको समूह किङ्स लाउन्ज पोखरामा गुञ्जिएको छ । लाउन्जको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाँस्कोटाले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकमाझ गाउनु भएको थियो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा आइपुगेको बताउनुभएको छ । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उहाँले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिनुभयो । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति प्रदेश सभाका सत्तारूढ दलका प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाउनुभएको छ। प्रदेश सभाको बुधबारको बैठकमा आव २०८०/८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यले प्रदेशबारे चुनौती र प्रश्न उठेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्ने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि जनपक्षीय नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा जोड दिएका छन्।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (बिहीबार) भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. २ को कार्यालयको आफ्नै कार्यालय भवन छैन। भवन नभएकै करण यो वडाले मासिक पाँच हजार रुपियाँ भाडा तिरेर कच्ची घरका दुई वटा कोठाबाट सेवा दिइरहेको छ। मुलुक सङ्घीय संरचनामा गएपछि भएको पहिलो स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष भौतिक पूर्वाधारकै क्षेत्रमा बढी बजेट खर्च गरे। यो व्रmममा धेरै सडक खनिए, धेरै स्थानीय तहका सुविधा सम्पन्न पक्की भवन निर्माण भए तर खाँडादेवी गाउँपालिका–२ को वडा कार्यालय भवन अझै बनेको छैन।
निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्। बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।