कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा मङ्गलबार घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि आफू आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार झापाको अर्जुनधारामा आफ्ना क्षेत्रका दुग्ध उत्पादक किसानहरूसँग छलफल गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
इलामको रोङ गाउँपालिकाले २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा पालिकाका उत्कृष्ट छ जना स्वयंसेविकालाई सम्मान गरेको छ । पालिकामा आज आयोजित कार्यक्रममा प्रत्येक वडाका एक स्वयंसेविकालाई सम्मान गरिएको हो ।
नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् ।
महिला आयोगद्वारा सदरमुकाम मङ्गलसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा छाउपडी, बहुविवाह, बालविवाह, जातीय विभेद, लैङ्गिक हिंसामा सचेतनासँगै कानुनी कारबाहीबाट नै अन्त्य हुने सुझाव राखिएको छ ।
श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले नवलपुरमा बन्न लागेको नमुना सदरमुकामको योजनालाई बहुवर्षिय योजनामा लैजान आग्रह गर्नु भएको छ । पहिला विनियोजन भएको रकम बर्सेनि फ्रिज हुँदै गएकाले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।
दोलखाको सदरमुकाम चरिकोट भीमेश्वर नगरपालिकाको आयोजनामा २० औँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाइएको छ।
लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका ४० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको छ। २०औँ स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल उपलब्ध गराएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा बहस सकिएको छ ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो।
नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ ।