हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम हुनुभएको छ ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
जङ्गलबीचमा पोखरी बनाइएपछि जङ्गली जीव जनावरलाई पानी र किसानलाई सिँचाइको सुविधा भएको छ । डिभिजन वन कार्यालय दाङ र दाङ उपत्यका वृहत् सिँचाइ आयोजनाले उपत्यकाभित्रका चार वटा पालिकाकामा जलाशय र पोखरी बनाउँदै आएको छ ।
रूकुम (पूर्व) को भूमे गाउँपालिका –१ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।
फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज (बुधबार) हत्या भएको हो ।
प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ ।
फेदीखोला गाउँपालिका –४ गलेममा पहिलो पटक बस पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक खण्डकको आरुखर्क–गलेमको २.८ किमी भिरखण्ड कटानपछि कडा गाउँमा पहिलोपटक बस पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो । हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैङ्कबाट ऋण झिक्न नपाउँदा उहाँका धेरै योजना र इच्छा विलीन हुन पुगे ।
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको ७ वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यतिबेला पक्की पुलबाट सवारीसाधन वारिपारि गर्ने थिए ।
मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ ।
सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दरपिठ गरेको छ ।