• १२ असोज २०८१, शनिबार

साइकल पाउँदा दङ्ग

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १९ गते। झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका ४० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको छ। २०औँ स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल उपलब्ध गराएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो।

गाउँघरमा स्वास्थ्य सेवा दिनका लागि सहजता ल्याउनका लागि साइकल महत्त्वपूर्ण हुनसक्ने भएकाले नीति तथा कार्यक्रममा नै यसलाई समावेश गरिएको उहाँको भनाइ छ। स्वयंसेविका दिवस पारेर मंगलबार साइकल उपलब्ध गराएपछि स्वयंसेविका खुसी भएको उहाँले बताउनुभयो।

गाउँपालिका अध्यक्ष फुलबती राजवंशी सहितको उपस्थितिमा साइकल वितरण भएको हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य प्रवर्द्धनमा स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको र यो एउटा सानो सहयोग भएको गाउँपालिका उपाध्यक्ष पूजन कुँवरले बताउनुभयो।

 गाउँपालिकाले स्वास्थ्य सेवा प्रवर्द्धनमा योगदान दिने २०७९ का उत्कृष्ट तीन जना स्वयंसेविकालाई पुरस्कृत गरेको छ।