• २ जेठ २०८२, शुक्रबार

हराएका वृद्ध मृत फेला

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर २० गते । तनहुँमा हराएका एक वृद्ध मृत अवस्थामा भेटिनु भएको छ ।  तनहुँ देवघाट गाउँपालिका–५ माथिल्लो बगन्दी बस्ने बर्ष ७७ को आसबहादुर गुरुङ मृत भेटिनु भएको हो  ।  

सोमबार आफन्तको छेवरमा गएकोमा घर नआएकोले खोजतलास गर्ने क्रममा मंगलबार बिहान ७ बजे साउने पानीको भिरबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।