काठमाडौं, मङ्सिर २० गते । दक्षिण पाकिस्तानमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना प्रान्तको कश्मोर जिल्लामा भएको थियो । एक यात्रु भ्यान मुख्य राजमार्गमा ट्रकसँग ठोक्किएको थियो ।
कुहिरोका कारण भिजिबिलिटी कम भएकाले भ्यानका चालकले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई नदेखेर ठोक्किएको बताइएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको छ तर पाँच जनाको अवस्था गम्भीर छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल