• १२ साउन २०८१, शनिबार

सुन तोलामा आठ सयले घट्यो

blog

काठमाडौं, मङ्सिर २० गते । बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला आठ सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार छापावाल सुनको मूल्य एक लाख १८ हजार चार सय रुपियाँ रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४८० रुपियाँ तोकिएको छ ।

मङ्गलबार छापावल सुन एक लाख १९ हजार दुई सय रुपियाँ, तेजावी सुन एक लाख १८ हजार ६५० रुपियाँमा र चाँदी एक हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

गत सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको थियो । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।