सिन्धुलीको दुधौली नगरपालिकाले गर्मीका कारण आइतबारदेखि नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालय छ दिनका लागि बन्द गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपियाँ रहेको छ । २०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
पछिल्लो समय मधेश प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा भत्किएको बाँध कसेर पुनः पानी भरिएको छ।
कोही शिव पार्वती रूप बनाएका छन् भने कोही भूतप्रेत त कोही राक्षस, कोही रामसीताका रूप बनाएका छन्। कोही नाच्दै छन् भने कोही लामवद्ध भएर झुम्दै छन्। बिचबिचमा संसारीमाता की जय एकै स्वरमा दसौँ हजार सहभागीले नारा लगाइरहेका छन्।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरी उत्पादनमा वृद्धि गर्नसके मात्रै आत्मनिर्भर हुन सकिने बताउनुभएको छ। त्रियुगा नगरपालिकाको आयोजनामा शनिबार गाईघाटमा भएको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपियाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख आठ हजार एक रुपियाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन शुक्रबार तोलामा पाँच हजार दुई सय रुपियाँले बढेर एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।
सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताउनुभयो। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगत्को भविष्य सुरक्षित गर्न हिमाल र हिमाली क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिबार शीतल निवासमा भएको भेटमा उहाँले सो धारणा राख्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताउनुभएको छ । उहाँले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका व्रmममा भएको सहमति अनुसार नेपालले १५ वटा मुर्रा जातका भैँसी पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुभएका बेला दुवै पक्षको बिचमा भएको छलफलबाट भारतले नेपाललाई मुर्रा भैँसी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
वार्षिक ६० लाख रुपियाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपियाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपियाँ तिर्नुपर्ने छ ।
नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
सङ्घीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय ससस्य प्रदीप पौडेलले सुशासन दिन जन्मेको कांग्रेसले भ्रष्टाचारका विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनु भएको छ ।
कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङ विजयी भएको छ । वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।