लगभग नेपालको नक्सासँग मिल्दोजुल्दो गण्डकी प्रदेश अन्तर्गत पर्ने बागलुङ जिल्ला साबिक धौलागिरि अञ्चलको सदरमुकाम हो । यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्युठान र गुल्मी जिल्ला रहेका छन् । यस जिल्लाको क्षेत्रफल एक हजार ७८४ वर्ग किलोमिटर रहेको छ । बागलुङ जिल्लाका साबिकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविस समेटेर बडीगाड गाउँपालिका बनाइएको छ । यस गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीसँग पोखरा समाचारदाता रमेश पौडेलले गर्नुभएको कुराकानी :
दी लोकेसन गाइड लन्डनको आयोजनामा लन्डनमा भएको ‘फोकस २०२३, मिट दी मेकर्स’ नामक संसारभरका चलचित्रकर्मी तथा सञ्चारकर्मीको सम्मेलनमा नेपालका तर्फबाट सम्पादक तथा निर्देशक निशान बाबु घिमिरेले सहभागिता जनाउनुभएको छ । डिसेम्बर ५ र ६ तारिखका दिन लन्डनको बिजिनेस डिजाइन सेन्टरमा सम्पन्न भएको दुईदिने सम्मेलनमा कोस्टारिका फिल्म कमिसन, ब्रिटिस फिल्म कमिसन, फिल्म फ्रान्स सी एम सी, हङकङ टुरिजम बोर्ड, इटालियन फिल्म कमिसन, जर्मन फिल्म कमिसन, इन्टरनेसनल कास्टिङ डिरेक्टर असोसियसन, मड्रिड फिल्म अफिस, फिल्म इन फिनल्यान्ड, पोल्यान्ड फिल्म असोसियसन, स्पेन फिल्म कमिसनलगायत फिल्म तथा सञ्चारकर्मी, व्यवस्थापक र विभिन्न देशका सुप्रसिद्ध वक्ताहरूले सहभागिता जनाएका थिए ।
समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।
समाजमा हुँदै आएको जातीय विभेद एवं छुवाछुत अन्त्यविरुद्ध संवैधानिक तथा कानुनी व्यवस्था पर्याप्त हुँदाहुँदै पनि लामो समयदेखि जरो गाडेर बसेकोले अझै पनि व्यावहारिक रूपमा यस्ता अनेक विकृति हट्न सकेका छैनन् । जातीय उच्च–नीचका विकृति तथा कुसंस्कार कथित माथिल्लो जात र दलितबिचमा मात्रै नभएर दलित दलितबिचमै पनि मेटिन सकिरहेको छैन । यसैको परिणाम स्वरूप समाजमा यदाकदा जघन्य अपराध पनि हुने गरेका छन् । यस्तै जघन्य अपराध विसं २०७७ जेठ १०
नेपालले मातृ तथा शिशु स्वास्थ्यलगायत जनस्वास्थ्यका अन्य विविध क्षेत्रमा जे जस्तो प्रगति गरेको छ, त्यसको ठुलो श्रेय सामुदायिक (महिला) स्वास्थ्य कार्यकर्तालाई जान्छ । नेपालमा करिब ५२ हजारको हाराहारीमा रहेका सामुदायिक स्वास्थ्य कार्यकर्ताले राष्ट्रिय स्वास्थ्य प्रणालीका करिब दुई दर्जन जनस्वास्थ्य कार्यक्रमलाई समुदायका लक्षित व्यक्ति र परिवारमा पु¥याउन मदत गरिरहेका छन् । विगत करिब साढे तीन दशकको अवधिमा महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताले स्वयम्सेवाको भावले जनस्वास्थ्यको प्रवर्धन गर्न पु¥याएको योगदान ठुलो छ ।
जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।
मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११ [३१] नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ ।
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर नै मनाइने गरिन्छ । लैङ्गिक हिंसाविरुद्धको अभियानको यस वर्षको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । नेपालमा विसं २०५४ देखि निरन्तर रूपमा लैङ्गिक हिंसाविरुद्धका विविध सचेतनामूलक कार्यक्रम गरी मनाउन थालिएको छ । हाम्रा समाजमा घट्ने महिला हिंसा अन्त्यका लागि प्रत्येक नागरि
लखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । तीस वर्षमाथिका नसर्ने रोगको पहिचान,निदान,परामर्श र उपचार सम्बन्धी निःशुल्क कार्यक्रम रहेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
हालै रसियाली सेनामा कार्यरत तीन जना नेपाली युवाको युद्धग्रस्त क्षेत्रमा मृत्यु भएको खबरले सञ्चार माध्यम र सामाजिक सञ्जाल तात्यो । इलामका गङ्गाराज मोक्तान नेपाली सेनामा पाँच वर्ष जागिर खाएपछि दलाललाई छ लाख रुपियाँ दिएर माल्टा जाने लोभले दुबई पुग्नु भएछ । दुबईमा पनि कमाएको सात लाख रुपियाँ दलाललाई बुझाएर रसिया पुग्नु भएछ । युद्धमा परेर भाइटीकाको दिन उहाँको मृत्यु भएको रहेछ । “रसियाबाट नराम्रो खबर आयो नाति टुहुरो भयो” भनेर उहाँका पितालाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेको छ । समाचार हृदयविदारक छ । तीन जना नेपाली युवाको युक्रेन–रसिया
तीन जना नाबालक छोरा–छोरी साथ लिएर जीर्ण छाप्रोमा बस्दै आउनुभएकी फिदिम ५ की कोपिला सिवा अघिल्लो वर्ष बर्खाभर निदाउनु भएन । पानी पर्दा उहाँको घरमा छिरेर, छोरा–छोरी भिज्थे,ओछ्यान र अगेनो जोगाउन धौ–धौ पर्थ्यो । हिउँदमा ठिहि लाग्ने सिरेटो र शीत लहरले रातभर कठ्याङ्ग्रिनु पर्थ्यो । ‘नयाँ’ घर बनेकाले यो वर्ष पहिले जस्तो दुःख भएन, केटाकेटी लिएर मस्त निदाउन पाएकी छु घाम पानीको पिरलो नभएको’–उहाँले भन्नुभयो ।
सार्वजनिक निकायले खरिद गर्ने निर्माण कार्य, परामर्श, मालसामान वा अन्य जुनसुकै सेवा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक निकायले गर्ने खरिद कार्यको निगरानी, अनुगमनलगायतका कार्य गर्न तोकिएको काम, कर्तव्य र अधिकार प्राप्त सार्वजनिक खरिद अनुगमन कार्यालय स्थापित छ । खरिद कार्य निष्पक्ष, प्रतिस्पर्धी, कम खर्चिलो र पारदर्शी गराउनु ऐन र नियमावलीको मर्म हो । ई–बिडिङको प्रचलन आएदेखि सम्भवतः खरिद प्रक्रिया निष्पक्ष र पारदर्शी बनेको छ । खरिद कार्यमा हुने गुण्डागर्दी र सिन्डिकेटलगायतका प्रवृत्ति नियन्त्रण गरेको छ । एउटा योग्यता पुगेको
तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो ।
नेपाली खेलाडीको सम्मानस्वरूप हास्य कलाकार हरिवंश आचार्यले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । नेपाल ‘टी–२० विश्वकप’ मा छनोट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको अवस्थामा गीत सार्वजनिक गरेको आचार्यले बताउनुभयो ।
कम्पनी रजिस्ट्रार कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडको सेयर स्वामित्व खरिद बिक्रीको कुनै आधिकारिक जानकारी नभएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै सो कार्यालयले दर्ता किताबमा रेनोल्ड होल्डिङ्स लिमिटेडको नाममा रहेको ८० प्रतिशत स्वामित्व रहेको देखिएको र त्यसको बिक्रीसम्बन्धी कुनै आधिकारिक कागजात पेस नभएको उल्लेख गरेको छ ।