• २१ फागुन २०८०, सोमबार

नागरिकलाई उत्पादन र व्यवसायसँग जोड्ने योजना छ

blog

लगभग नेपालको नक्सासँग मिल्दोजुल्दो गण्डकी प्रदेश अन्तर्गत पर्ने बागलुङ जिल्ला साबिक धौलागिरि अञ्चलको सदरमुकाम हो । यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्युठान र गुल्मी जिल्ला रहेका छन् । यस जिल्लाको क्षेत्रफल एक हजार ७८४ वर्ग किलोमिटर रहेको छ । बागलुङ जिल्लाका साबिकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविस समेटेर बडीगाड गाउँपालिका बनाइएको छ । यस गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीसँग पोखरा समाचारदाता रमेश पौडेलले गर्नुभएको कुराकानी : 

 बडीगाड गाउँपालिकाको अध्यक्ष भएर काम गर्दा कस्तो अनुभव भएको छ ?  

स्थानीय तहको निर्वाचनपछि मैले बडीगाड गाउँपालिकाको अध्यक्ष भएर काम गर्ने अवसर पाएको छु । अध्यक्ष पद मात्र नभई जिम्मेवारी हो भन्ने मेरो बुझाइ छ । पालिकाका लागि अभिभावक भएको अनुभव गरेको छु । एउटा असल अभिभावकको जिम्मेवारी पूरा गर्ने प्रण पनि गरेको छु । यो डेढ वर्षमा यो गरँे त्यो गरेँ भन्दा पनि पाँच वर्षको अवधिमा ठ्याक्कै परिणाम देखिने र नागरिकले अनुभूत गर्ने गरी काम गर्नु पर्छ भनी हामी अघि बढेका छौँ । गाउँपालिकाको भवन पूर्ण रूपमा सञ्चालनमा आउँदा प्रशासनिक काम गर्न निकै सहज भएको छ । अहिलेको काम भनेको पूर्वाधार विकास हो । चार वटा वडा कार्यालय निर्माण सम्पन्न भएका छन् भने बाँकी व्रmमशः बन्दै जाने छन् । पालिकाको आवश्यकता, समस्या र गर्नुपर्ने काम बुझेर अघि बढ्नु पर्छ । 

पूर्वाधार विकासका प्राथमिकता निर्धारण गर्नुभएको छ ? 

बडीगाड गाउँपालिकामा स्थानीय संरचना बनेपछिको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रमा छ । गाउँपालिका अन्तर्गत रहेका गरिब, विपन्न नागरिक, एकल महिला, एकल पुरुष; जो राज्यको पहुँचबाट टाढा छन्; त्यस्ता नागरिकलाई निःशुल्क स्वास्थ्य बिमामार्फत स्वास्थ्यको पहुँचमा पु¥याउने प्रतिबद्धता गरेका थियौँ र सोही अनुसार काम गर्दै छौँ । शिक्षामा आमूल परिवर्तन नगरेसम्म हामीले चाहेको जस्तो विकास हुन सक्दैन । बाल विकासदेखि विद्यालयसम्म व्यवस्थित गर्ने योजना बनाएका छौँ । एक वर्षमा एउटा वडालाई एउटा नमुना बाल विकास बनाउने प्रतिबद्धता गरेको थिएँ । १० वटा वडामा अहिले ७२ वटा नमुना बाल विकास छन् भने ५२ वटा दर्ता भएर अगाडि बढेका छन् । 

निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्दै हुनुहुन्छ ? 

निर्वाचनको बेला हामीले गरेका वाचा प्रतिबद्धता पनि समय अनुसार पूरा भइरहेका छन् भन्ने लाग्छ । हामी निर्वाचित भएर आएको डेढ वर्षमा अपेक्षा अनुसारका काम भएको छ । बडीगाड गाउँपालिकाका जनताले पनि सकारात्मक रूपमा लिइरहनुभएको छ । शिक्षा, स्वास्थ्य, बाटोघाटोका विषयमा सुधार भइरहेका छन् । हाम्रो समूहले एउटा पञ्चवर्षीय ग्रामीण मोबाइल स्वास्थ्य कार्यव्रmम बनाएको छ । यस अन्तर्गतको कार्यव्रmम प्रत्येक महिना प्रत्येक वडामा जान्छ । यसबाट स्वास्थ्यको पहुँचमा पुग्न नसकेका नागरिकले सेवा पाउँछन् । स्वास्थ्यसँग सम्बन्धि जाँचसँगै पोखराको हिमालय आँखा अस्पतालसँग सहकार्य गरेर आँखा सेवा केन्द्र पनि उपलब्ध गराएका छौँ । स्वास्थ्य क्षेत्र पूर्ण रूपमा  डिजिटलाइज गराएका छौँ । राम्रो काम गरेको भनेर बडीगाड गाउँपालिका बागलुङ जिल्लामा उत्कृष्ट भएको छ । गण्डकी प्रदेशमा ५३ औँ स्थानमा रहेको यस गाउँपालिका अहिले प्रदेशमै नवौँ स्थानमा आएको छ । यसलाई एक नम्बर बनाउनु पर्छ भन्ने छ । 

गाउँपालिकाका समस्या कसरी समाधान गर्दै हुनुहुन्छ ? 

बडीगाड गाउँपालिका ग्रामीण स्थानमा छ । अधिकांश नागरिक शिक्षित भए पनि समाजमा समस्या भने धेरै छन् । बाटोघाटो निर्माण, विद्यालय र शिक्षाको अवस्था सुधार, सुरक्षा, विद्युतीकरण, पर्यटन क्षेत्र पहिचान र विकास, वृद्धवृद्धाको भत्ता वितरणदेखि स्थानीय आयआर्जन विकाससम्मका क्षेत्रमा समस्या छन् । कतिपय समस्या समाधानका लागि हामीले वडास्तरमै गएर विभिन्न जनचेतनामूलक काम गर्ने गरेका छौँ । सामाजिक सुरक्षाका लागि हामीले प्रत्येक वडामा सम्बन्धितलाई पठाएका छौँ । भत्ता वितरण गर्ने ठाउँमा आइपुग्न नसक्ने वृद्धवृद्धाका लागि वडा कार्यालयका सचिव र अध्यक्षलाई जिम्मा दिएर घर घरमा पु¥याउने काम गरेका छौँ । 

विशेष गरेर केन्द्रीय लाइन नपुगेका स्थानमा समुदायबाटै सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाबाटै विद्युतीकरण गराएका छौँ । युवालक्षित कार्यव्रmम आह्वान गरेका छौँ । युवालाई यहीँ टिकाउन सम्भावना खोज्दै छौँ । बडीगाड गाउपालिकामा रहेको ढुङ्गा खानीलाई व्यवस्थापन गर्न सके केही युवा अडिने थिए । जनताको जीविकोपार्जन सहज गराउने हाम्रो लक्ष्य छ । अस्पताल निर्माण भइसकेको अवस्थामा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको जनघनत्व बढी छ । गुणस्तरीय शिक्षाप्रति हामी सजग छौँ । सिपले मानिसलाई जहाँ पनि उभ्याउन सक्छ भनेर सिप सिकाउन खोज्दासमेत आउँदैनन् । 

कृषि र पर्यटन प्रवर्धन गर्दै हुनुहुन्छ ? 

निर्वाहमुखी कृषि भएकाले उत्पादन बढेको छैन । यसलाई आधुनिकीकरण गर्ने सोचमा छौँ । राज्यबाट पाउने सेवासुविधा पहुँचका आधारमा वितरण हुने कार्यलाई निस्तेज पारी लक्षित वर्गलाई लाभान्वित गराउन लागिपरेका छौँ । राज्यले किसानका लागि ससर्त बजेट आउने व्यवस्था गराउनु पर्छ । कृषिलाई सकेसम्म व्यावसायिक बनाई उत्पादनलाई बजारीकरण र व्यवस्थित बनाउने कार्यलाई जोड दिएका छौँ ।  गाउँपालिकाको आर्थिक सहयोगमा तीन वटा कृषि पसल स्थापना गर्ने भनेका छौँ । बडीगाड गाउँपालिकामा उत्पादित वस्तु यस्ता पसलमा ल्याएमा बजारीकरणका लागि बडीगाड गाउँपालिकाले सहयोग गर्ने छ ।

गाँजा खेती र स्थानीय मदिराको ब्रान्डिङको योजना पनि बनाउनुभएको छ ? 

म गण्डकी प्रदेशको विकास समस्या समितिको सदस्य पनि छु । यस गाउँपालिकाले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने गण्डकी प्रदेश सरकारले नीति तथा कार्यव्रmममा राखेको छ । मैले पनि यो पालिकामा यस्ता कार्यव्रmम लिएर आएको हुँ तर यसलाई वैधानिकता दिन धेरै चुनौती छन् । हामी लोकल रक्सीलाई ब्रान्डिङ गराउन लागेका छौँ । यसका लागि प्रव्रिmया अगाडि बढेको छ । ल्याब टेस्ट भएर कार्यव्रmम अगाडि बढिसकेको छ । सम्बन्धित निकायलाई बारम्बार लोकल रक्सीलाई ब्रान्डिङ गर्नु पर्छ, नभए बाहिरबाट आउने सबै रक्सीलाई प्रतिबन्ध गर्नु पर्छ भनेका छौँ । 

गाँजालाई नगदे बाली तथा औषधीजन्य वस्तुका रूपमा प्रयोग गर्नु पर्छ भन्ने कुरा उठाएका छौँ ।  विदेशी भूमिमा गएका नेपालीले गाँजा खेतीमा काम गर्छन् तर नेपालमा यसलाई उखेलिन्छ, फाँडिन्छ । औषधीजन्य र विभिन्न वस्तु उत्पादनको विषयमा टेकेर हिड्यौँ भने यसमा सफलता मिल्न सक्छ । 

भावी योजना के छन् ? 

बडीगाड गाउँपालिकामा रहेको लघुजलविद्युत् खपत हुन नसकेकाले हाइड्रोजनिक खाना पकाउने ग्यास निर्माणका लागि प्रव्रिmया अगाडि बढेको छ । त्यसलाई सार्थक बनाउनु छ । नीतिगत रूपमै परिवर्तन गर्नुपर्ने कुरा सम्बन्धित ठाउँमा पु¥याएर निर्णय गराउनुपर्ने छ । नागरिकलाई उत्पादन र व्यवसायसँग जोड्ने योजना छ ।