जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हे.क्वा. इटहरी ब्यारेकमा सञ्चालित चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी आउनलाग्नु भएको हो ।
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागूऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ ।
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव २ प्रतिशतमा झरेको हो ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले एनसेलको शेयर खरिद विक्री बारे छानबिन गर्न समिति गठन गरेको छ । बैठकले यी लगायतका अन्य निर्णयहरु गरेका छन् ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सरकारले एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो ।
अहिले नेपालमा पश्चिमी वायु र छत्तिसगढमा अवस्थित न्यूनचापीय प्रणालीको कारण आंशिक प्रभाव परेको छ । जसका कारण चिसो बढेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले मौसम सफा छ ।
मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुर गढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।
छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो ।
अरनिको राजमार्ग अन्तर्गत कोदारी राजमार्ग स्तरोन्नतिमा १० अर्ब रुपियाँ खर्च हुँदासमेत उक्त सडकको अवस्था सुधार हुन सकेको छैन । नेपाली कांगे्रस सिन्धुपाल्चोक जिल्ला
वार्षिक रूपमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो नोबेल । यो पुरस्कार एक स्विडेनी आविष्कारक, इन्जिनियर तथा उद्योगपति अल्फ्रेड नोबेलको नाममा सन् १८९६ मा स्थापना गरिएको थियो । नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र आर्थिक विज्ञान विधामा प्रदान गरिन्छ । यी पुरस्कार हरेक वर्ष अल्फ्रेड नोबेलको मृत्यु भएको दिन डिसेम्बर १० मा स्टकहोमर ओस्लोमा आयोजित समारोहमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गर्ने प्रचलन रहिआएको छ ।
यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । बिहीबार बिहान ५ः३० बजेनै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।
विगत ४३ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका खुलाउन बसेको वार्ता सकारात्मक भएको छ । बन्द रहेको पालिकाको कामकाज सुचारु गर्न ४३ दिनपछि बसेको पहिलो बैठकमा तीन वटा बुँदामा सहमति भई टुङ्गो लागेको हो ।