घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला सिरिज नेपालले जितेको छ । आइतबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई तीन विकेटले हरायो ।
झापाको दमकमा शुक्रबारदेखि फोहोर उठ्न सकेको छैन । अधिक गर्मीको समयमा सडकमा जथाभाबी रहेको फोहोरको दुर्गन्ध बढ्दै गएपछि स्थानीयले फोहोर उठाउन आग्रह गरेका छन् ।
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला पर्नुभएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।
पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
घामपानीसम्म नछल्ने घरमा जीवन निर्वाह गर्दै आउनु भएकी मोरङको पथरीशनिश्चरे -४ शिरिसेडाँडाकी डिकमाया अधिकारीको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।
केही दिनयता झापा जिल्ला सहित पूर्वी नेपालका तराईका जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ ।
भक्तपुर दहीका लागि प्रख्यात छ । दहीलाई नेपाल भाषामा धौ भनिन्छ । जु जु भन्नाले राजालाई बुझाउँछ । दहीमा पनि एकदम मीठो र विशेष दहीलाई जु जु धौ भनिन्छ । भक्तपुरको जेला टोलमा सबैभन्दा पहिला जु जु धौ बनाइएको थियो । भक्तपुरका सैजु तथा दुवालहरूले जु जु धौ बनाउने पेसा गर्दै आएका छन् । पर्यटकहरू भक्तपुरमा जु जु धौ खान आउँछन् । जु जु धौ बनाउन हामीलाई निम्न कुरा आवश्यक पर्दछन् ः दुध, चिनी, ल्वाङ, सुकुमेल, भुस, सिरक, माटोको भाडो ।
नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् ।
नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात् गत वैशाख १ गते म काठमाडौँको टौदह घुम्न गएँ । मसँगै बाबाममी हुनुहुन्थ्यो भने बहिनी पनि सँगै थिइन् । म पहिलो पटक टौदहको भ्रमणमा गएकी हुनाले निकै उत्सा