• १२ साउन २०८१, शनिबार

बेलायती अपराध प्रमुख टर्कीबाट पक्राउ

blog

काठमाडौं, मङ्सिर २१ गते । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेसनका क्रममा लागूऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ ।

इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शॉन मोनाघनलाई केज–१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनुभयो । मन्त्रीका अनुसार मोनाघन अक्टोबरमा टर्की आनुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल