त्रिभुवन विश्वविद्यालयले शीतकालीन कक्षा सञ्चालन गरेको छ । त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शीतकालीन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको हो
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभरि चलिरहेकै बेला बाँकेका ४० जना पुरुषले प्रहरीमा आफूहरू पनि हिंसामा परेको उल्लेख गर्दै उजुरी दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्टको भिरमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर उहाँको मृत्यु भएको हो ।
स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा आउने सोमबार पहिलो पटक भजन कीर्तन प्रतिस्पर्धा तथा बालाचतुर्दशी मेला हुने भएको छ ।
कृषकलाई व्यावसायिक बनाउने लक्ष्य सहित खायन आलु उत्पादन प्रवर्द्धनमा कृषि ज्ञान केन्द्र पर्वतले तीन करोडको लगानी गर्ने भएको छ ।
विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा नेपालमा माहिलामाथि दुर्व्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन । समाजमा यस्ता थुप्रै घटनाहरु भएका छन् । त्यसको थारै मात्र सार्वजनिक हुने गर्दछन् ।
पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।
अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ ।
तामाङ समुदायको उद्गमथलोका रूपमा परिचित काभ्रेपलान्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ ।
गाउँको पूजा हुनुअघि बासमती धान काटेपछि स्थानीय किसान दण्डित भएका छन् । टोलमा रहेको बौद्धीमाइको पूजापछि मात्र बासमती धान काट्ने परम्परा छ ।
सहरी विकासमन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८ मा स्थापना गरिएको हानि, नोक्सानी कोष)मार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
तुलसीपुर बजारको फुटपाथ क्षेत्रको अतिक्रमण हटाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले बजारक्षेत्रको फुटपाथमा निर्माण गरिएका संरचना डोजर चलाएर सफा गराउन सुरु गरेको छ ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडक खण्डको मादी नदीमा निर्माण गरिने पुलको फाउण्डेसनको काम सुरु भएको छ। तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३/५ जोड्ने मादी नदीमा पृथ्वीराजमार्गको सबैभन्दा लामो 'आर्क डिजाइन'को चार लेनको पुल निर्माण सुरु भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।