• २७ वैशाख २०८२, शनिबार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

blog

काठमाडौं, मङ्सिर २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपा केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले यही मङ्सिर २५ गते सोमबार बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभयो ।

आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

विभागका प्रमुख बस्नेतले पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने बताउनुभयो ।