• १२ साउन २०८१, शनिबार

भिरको ढुङ्गा लागेर महिलाको मृत्यु

blog

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर २१ गते । बाजुरामा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्टको भिरमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर उहाँको मृत्यु भएको हो ।

गाउँको बडाला नजिकै देउपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट खसेको ढुङ्गा लागेर बिस्टको मृत्यु भएको बूढीनन्दा नगरपालिका–३ का अध्यक्ष जङ्बीर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज बिहान ८ बजे ढुङ्गा लागेर घाइते हुनुभएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र कोल्टीमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो । ”

विष्टको घटनाबारे औपचारिक रूपमा प्रहरीलाई जानकारी नआएको कोल्टी इलाका प्रहरी कार्यालय बुढीनन्दा कोल्टीका प्रहरी सहायक निरीक्षक अशोक पालले बताउनुभयो ।