सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर सुवास तामाङले अग्रता लिनुभएको छ ।
रुपन्देहीको देवदहमा पहिलो पटक ‘मिडिया फेस्टिभल’ हुने भएको छ । बुधबार (जेठ २४ गते) भोलिदेखि २६ गतेसम्म देवदह प्रेस क्लबले पहिलो पटक मिडिया फेस्टिभल गर्न लागेको हो ।
पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलाई चार घण्टा एकै ठाउँमा बसेर पढ्नु हिँडुवालाई थुनेर सजाय दिएजस्तो लाग्छ ।
काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक विद्युतीय सवारी साधनमा कर लगाएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०७९ लाई संशोधन गरेर विद्युतबाट चल्ने सवारी साधनमा कर लगाएको हो ।
नेकपा (माओवादी केन्द्र) ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले तातो हावा अर्थात् ‘लू’ बाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा खानेपानी योजना कार्यान्वयन गर्न भर्खरै मात्र योजनाको सम्झौता गरिएको छ । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङस्थित थुम्माखोला–रोटिपोले वृहत् खानेपानी आयोजनाको सम्झौता गरिएको हो ।
सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरूको अझै खोजी भइरहेको छ ।
अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आज (मङ्गलबार) को आवश्यकता भएको बताउनुभएको छ ।
जाजरकोटमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम नमुनाको रूपमा विकास हुँदैगएको छ । नेपाल सरकार, बेलायती राजदूतावास, विश्व खाद्य कार्यक्रम र कर्णाली प्रदेशका १५ वटा स्थानीय तहहरूसँगको साझेदारीमा सो कार्यक्रम सञ्चालन भएको हो ।
प्रतिनिधि सभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए ।