• २ असार २०८१, आइतबार

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो

blog

काठमाडौं, मङ्सिर २१ गते । अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव २ प्रतिशतमा झरेको हो ।

बुधबार अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार तेस्रो त्रैमासिकमा अष्ट्रेलियाको कुल गार्हस्थ् उत्पादन (जीडीपी) ०.२ प्रतिशतले बढेको छ ।

सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अष्ट्रेलियाको जीडीपी २.१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मङ्गलबार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४.३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल