• १३ जेठ २०८१, आइतबार

तोरी फुलेर किसानका खेत पहेँलपुर (फोटो फिचर)

blog

धनगढी आसपासका खेतमा फुलेको तोरी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर २० गते । कैलालीमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो । 

तोरी फुलेपछि खेतको दृश्य निकै मनमोहक देखिएको छ । यसैगरी, तोरीको फूलले माहुरीलाई आकर्षित गरिरहेको छ । तोरीको एउटा फूलबाट अर्को फूलमा डुल्दै माहुरीले रस चुसिरहेको दृश्यले पनि मनै लोभ्याउनेगरेको छ । माहुरीले तोरीको रस चुसेर परागसेचन प्रक्रियामा ठुलो सहयोग गर्ने गर्दछन् । 

विगतमा धेरै हुने तोरी खेती केही वर्ष पहिले घटेको देखिएको थियो । पछिल्लो समय फेरि किसानको आकर्षण तोरी खेतीप्रति बढिरहेको छ । वर्षभरिलाई खान पुग्नेगरी तोरीको खेती गर्ने गरेको धनगढी उमहानगरपालिका –८ का कृषक फिरङ्गी रानाले बताउनुभयो । उहाँले गहुँ छर्ने खेतमा पनि किसानले अब तोरी खेती गर्न थालेको बताउनुभयो ।