काठमाडौं, मङ्सिर २१ गते । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नका लागि कार्य गर्न आग्रह गर्नुभएको छ ।
गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेख्नुभएको हो । सन् २०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उहाँले सो पत्र लेख्नुभएको हो ।
धारा ९९ मा भनिएको छ, ‘‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनै पनि कुरा स्वीकार्य हुँदैन ।’’
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तिमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल