नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले पार्टीमा भएको गुटगत राजनीती अन्त्य गरी आम जनताको समस्या आफुहरु केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटककाे रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप , गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताउनुभयो । सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उहाँले बताउनुभयो ।
इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
छायानाथ रारा नगरपालिका वडा नं–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त वडाका बासिन्दालाई आउजाउ गर्नमा बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न लाप्काको भरमा सास्ती भोग्दै आएका थिए अहिले कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि आउजाउमा सहज भएको छ।
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।
पछिल्लो समय सुनसरीको वराहक्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै वराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिनुभयो ।
नेकपा (एमाले)की नेत्री दीपा गुरुङ राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुुुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाइएको अनुभव सुनाउनुहुन्छ ।
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ साल चैतमा नारायणगढ–बुटवल सडकको शिल्यान्यास गरिएको थियो तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सकिएको छैन । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।
तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षकी छोरीसहित एक साता अघि देखि हराउनु भएको छ ।
राजस्व चुहावट नियन्त्रणमा सक्रिय भएपछि तानसेन नगरपालिकाले आन्तरिक आम्दानी बढाएको छ । नगरपालिकाले विभिन्न स्थानबाट उठाउँदै आएको राजस्व सङ्कलन प्रणालीलाई प्रभावकारी बनाउँदै चुहावट नियन्त्रणमा लागेपछि नगरपालिकाको आन्तरिक आम्दानी ३३ प्रतिशतले वृद्धि भएको हो ।
मौसम प्रतिकूल बनेसँगै नार्पाभूमिका स्थानीय बेँसी झरेका छन् । उच्च हिमाली भेगमा हिमपात हुन थालेपछि पशु चौपायासहित उनीहरू बेँसी झरेका हुन् । बाक्लो हिमपातले जनजीवन कष्टकर बन्दै जाँदा नार्पाभूमि सुनसान हुँदै गएको छ । नार्पाभूमि गाउँपालिका तिब्बतसँग सीमा जोडिएको र सदरमुकामबाट दुई दिनको पैदल यात्रापछि मात्र पुगिने तथा उच्च हिमाली भागमा पर्छ । गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले हिमपात भएपछि स्थानीय बेँसी झर्न थालेको जानकारी दिनुभ
केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ ।
रौतहटको माधवनारायण नगरपालिकको उत्तरमा गढीमाई नगरपालिका, दक्षिणमा दुर्गाभगवती गाउँपालिका, पश्चिममा देवाहीगोनाही तथा पूर्वमा सर्लाही जोडिएको छ । यो नगरपालिका तरकारी बिउबीजन उत्पादनमा अग्रस्थानमा रहेको छ । नगरपालिकाको विद्यमान समस्या, आगामी योजनाका बारेमा नगर प्रमुख वैजनाथप्रसाद यादवसँग गोरखापत्र दैनिकका गौर समाचारदाता सञ्जयकुमार मिश्रले गर्नुभएको कुराकानीको अंश : नगर प्रमुखको पदभार ग्रहण गरेपछि एक वर्षको अवधिलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ? पदभार ग्रहण गरेको एक वर्ष निकै कठिन र सङ्घर्षपूर्ण रह्यो । जनप्रतिनिधिबिच आपसी तालमेल नहुँदा समयमा नगर परिषद् सम्पन्न हुन सकेन । जनप्रतिनिधिबिच पटक पटक बैठक गरेर समन्वय तथा सहमतिपछि