नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदैगरेको व्यक्तिबाट ४ लाख १७ हजार भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
शिक्षकसँगै अभिभावकहरूको समुचित ध्यान बालबालिकामा नजाँदा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढ्न नसकेको महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमि सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा बैठकलाई आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी दिनुभएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बिउबिजनमा देखिएको अभावदेखि सुकुम्वासी र भूमिहीनका विषय उठान गरिएका छन् ।
सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरिरहनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने छ ।
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।