• १२ साउन २०८१, शनिबार

पार्टीमा साझा धारणसहित जनताको मुद्दा उठाउन आवश्यक छ: सभापति थापा

blog

गोकुल भुजेल 

भोजपुर, मङ्सिर २२ गते । नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले पार्टीमा भएको गुटगत राजनीति अन्त्य गरी आम जनताको समस्या आफूहरु केन्द्रित हुन आग्रह गर्नुभएको छ । 

बिहीबार भोजपुरमा पार्टीका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै उहाँले प्रदेशभरि पार्टीभित्र गुटगत राजनीति मौलाएको उल्लेख गर्दै व्यक्तिभन्दा माथि उठेर पाटीको मुद्दा उठान गर्न आवश्यक रहेको बताउनुभएको हो । सोही प्रसङ्गमा उहाँले प्रदेश सरकार र स्थानीय सरकारमा पार्टीको नेतृत्वले गरेका कामहरुलाई जनतामाझ पुयाई पार्टीको लोकप्रियता कायम राख्न आग्रह गर्नुभएको थियो । साथै उहाँले पार्टी तथा पार्टीको भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाहरुको अधिवेशन निर्धारित समयमै सम्पन्न गरी आ आफ्नो भूमिकामा सबै नेता कार्यकर्ता चलायमान हुन उहाँले निर्देशन दिनुभएको छ । 

सोही अवसरमा बोल्दै पार्टीको प्रदेश सदस्य तथा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले पार्टी सुदृढीकरणका लागी सबै नेता, नेतृत्व एकजुट भएर तत् तत् क्षेत्रबाट लाग्न आवश्यक रहेको बताउनुभयो । उहाले अधिवेशनलगायत निश्चित समयभन्दा बाहेक पार्टीभित्र साझा धारणाको विकल्प नरहेको सबैमा बताउनुभयो ।

यता, जिल्ला उपसभापति डम्बर श्रेष्ठले जिल्लामा साङ्गठनिक सुधारभन्दा पनि गुटगत राजनीति फस्टाएकोमा दुःख व्यक्त गर्दै पार्टी नेतृत्वले यसलाई मिलाउन आवश्यक रहेको बताउनुभयो । प्राध्यापक सङ्घका अध्यक्ष बेनुप कार्कीले पार्टीभित्रका भ्रातृ सङ्घसङ्गठनलाई सक्रिय बनाए पार्टी सङ्गठन थप सृदृढीकरण हुने दाबी गर्नुभयो भने महिला सङ्घकी अध्यक्ष शिशिरा राईले पार्टीले अधिवेशन गरी नियमित बैठकसँगै जिम्मेवारी बाँडफाँट गरी काम गर्न आवश्यक रहेको बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित पार्टी पदाधिकारी तथा नेताहरुको उपस्थिति थियो ।