• १२ साउन २०८१, शनिबार

बन्दीपुरकी एक महिला छोरीसहित बेपत्ता

blog

बेपत्ता महिला र बालिका ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर २२ गते । तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षकी छोरीसहित एक साता अघिदेखि हराउनुभएको छ ।

 मङ्सिर १५ गते  देखि आले सम्पर्कमा नआएपछि परिवारजन चिन्तामा परेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काममा जान्छु भनी हिँडेको र त्यसपछि सम्पर्कमा नआएको आलेको श्रीमान् इन्द्रबहादुर आलेले बताउनुभयो । सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढ्नुभएको र आफन्तजनसँग सम्पर्क गर्दा पनि फेला पार्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

डुम्रेस्थित प्रहरी चौकी र दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँमा दमौलीमा पनि निवेदन दिई सकिएको तर फेला नपरेको आलेले बताउनुभयो । आलेले कसैले देखेमा मोबाइल नम्बर ९८०६५९७४६६ मा फोन गरिदिनुहुन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गर्नुभएको छ ।