• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

blog

धनगढी आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नुहुँदै ।

अविनाश चौधरी
धनगढी, मङ्सिर २२ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ ।

आज (शुक्रबार) बाट धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि उहाँ धनगढी आइपुग्नुभएको हो । तर त्यसभन्दा अगाडि उहाँले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आयोजना भइरहेको नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण तथा जन भेटघाट कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले मध्याह्न १२ बजे सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।