नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ।
सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।
बाँकेको कोहलपुर चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश सडक निर्माणका लागि दवाव सिर्जना गर्न समन्वय र सहकार्य समिति गठन गरिएको छ ।
जलवायु परिवर्तनका जानकारहरुले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) का क्रममा स्थापना भएको हानि, नोक्सानी कोष सकारात्मक भएको उल्लेख गर्दै यसको वितरणको प्रक्रिया सरल, सहज र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो (करिब पाँच अर्ब नौ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सब २०८० को उपाधि पञ्चकन्या माबिले हात पारेको छ । पञ्चकन्याले ११ स्वर्ण, ११ रजत र चार कास्य पदकसहित २६ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
माल्टामा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख पाँच हजार रुपियाँ ठगी गरी सम्पर्किबिहीन रहेका ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटाङ-६ बुधबारे सडक उत्तर पूर्वी पहाडका जिल्लासँग कोशी प्रदेशको राजधानी विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक हुने बताउनुभएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
ताप्लेजुङको उच्च हिमाली भेगमा हिउँ पर्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहीबार साँझपछि सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली भेगमा हिमपात भएपछि चिसो बढेको हो ।
साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नु परेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ ।
विराटनगर महानगरपालिका ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।