• ११ मंसिर २०८१, मङ्गलबार

माल्टा पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ

blog

३३ वर्षीय धर्मेन्द्र शाही ।

काठमाडौं, मंसिर २२ गते । माल्टामा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख पाँच हजार रुपियाँ ठगी गरी सम्पर्किबिहीन रहेका ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार स्थायी घर जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ५ भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लु बस्ने शाहीले सोमबार तामाङसहित दुई जनालाई माल्टा जान प्रतिव्यक्ति दश लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख दश हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

शाहीलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीक लागि वैदेशिक रोजगार विभाग, तहाचल पठाइएको प्रहरीले जनाएको छ ।