सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।
वास्तवमा पत्रकारिता र साहित्यबीचको सम्बन्ध अन्योन्याश्रित रहेको छ । पत्रकारिताका माध्यमबाट नै साहित्यिक सिर्जनाहरू पाठकसमक्ष पुग्छन् भने साहित्यिक रचनाहरूले पत्रकारितालाई अघि बढाउन सहयोग पु-याउने यथार्थलाई हामी सबैले बुझेकै छौँ ।
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९६१ पशु मरेको पाइएको छ ।
२०३२ सालमा पहिलो कविता प्रकाशित भएदेखि म साहित्यिक यात्रामा निस्केको थिएँ । तीसको दशकभरि कविता, कथा र निबन्ध लेख्ने अभ्यासको यात्राक्रममा थिएँ । साहित्यिक क्षेत्रमा प्रवेश गर्दा मेरो कुनै योजना थिएन । मैले कुनै दिन लेखक बनौँला भन्ने सोचेको पनि थिइनँ । हिँड्दा हिँड्दै पुगिएझैँ म थाहै नपाई लेखक बन्दै गएछु । मेरो पहिलो सम्पादित कृति थियो–आजको कविता । यो २०३८ सालमा झापाको शनिश्चरेबाट निकालिएको थियो ।
मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले गत जेठ १७ देखि २० सम्म भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी फर्केको छु। भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा यहाँहरू अवगत नै हुनुहुन्छ । नेपाल र भारतबिच सदियौँ पुरानो तथा घनिष्ठ सम्बन्ध रहिआएको छ ।
सरकारलाई खबरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिब पाँच वर्ष भयो । त्यो समयमा गुल्मेली जनताले सरकारलाई खबरदारी गर्नका लागि सो मञ्चलाई प्रयोग गर्थे र नजिकै रहेको जिल्ला अदालत, जिल्ला प्रशासन ,जिल्ला समन्वय र सरकारी कार्यालयहरूले सहजै सुन्थे ।
जगनाथ गाउँपालिकामा बिजुली बलेपछि स्थानीय खुसी भएका छन्। गत वर्ष आएको अविरल वर्षाका कारण भुवाँखोला जलविद्युत्को नहर भत्किँदा यहाँका स्थानीय विगत एक वर्षदेखि अँध्यारोमा रात बिताउन बाध्य थिए। गाउँपालिकाले क्षति भएको नहर तथा पावर हाउसका लागि पार्टपुर्जा मर्मत गरेपछि बिजुली बलेको छ। बिजुली बन्द भएपछि टुकीको भरमा रात काट्नु परेको जगनाथ गाउँपालिका–५ का वडाध्यक्ष गौरी सार्कीले बताउनुभयो।
सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो ।
देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर बजार क्षेत्रमा सातामा एक दिन मात्रै पानी वितरण गर्न थालेको छ। कतिपय स्थानमा दुई सातामा एक पटक मात्र पानी आउने गरेको गुनासो स्थानीय बासिन्दाले गरेका छन्। वीरेन्द्रनगर नगरपालिका–१ का उपभोक्ता वसन्ती खड्काले दुई सातामा एक दिन मात्रै पानी आउँदा मर्कामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई सातामा एक दिन अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ, अरू स्रोत छैन। इनार खन्यो पानी आउँदैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?”
खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। सो शाखाले युएसजी मेसिन र तालिमप्राप्त जनशक्ति उपलब्ध गराएपछि सो सेवा सुरु गरिएको हो।
रुपन्देहीको ग्रामीण क्षेत्रका संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। सामुदायिक विद्यालयले पढाइलाई नतिजामुखी बनाउन थालेपछि संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै गएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका–३ मा रहेको हरैया माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न थालेको छ। लुम्बिनी नजिकै पर्सा लौन्डियाका निष्मा यादव कक्षा ८ सम्म बोर्डिङ पढेर यो शैक्षिक सत्रदेखि कक्षा ९ मा हरैया माध्यमिक विद्यालयमा भर्ना हुनुभएको छ।
मुस्ताङमा पछिल्लो पाँच महिनाको अवधिमा करिब ४३ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले दिएको जानकारी अनुसार सन् २०२३ को जनवरीदेखि मे महिनाको अन्तिमसम्ममा ४३ हजार ८६९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। तीमध्ये चार हजार ८७८ जना पर्यटक राउन्ड अन्नपूर्ण पदयात्राका लागि थोराङपास हुँदै मुस्ताङ जान अनुमति लिएका हुन्।