काठमाडौं, मङ्सिर २२ गते । गोरखापत्र संस्थानमा कार्यरत प्रुफरिडर विनोद अर्यालकी आमा कृष्णकुमारी अर्यालको ८६ वर्षको उमेरमा निधन भएको छ ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ४ डाँडापुर डाँडापुर्सुकमा रहेको आफ्नै निवासमा बिहीबार निधन भएको हो ।
लामो समयदेखि बिर्सने रोगबाट पीडित अर्यालका तीन छोरा हुनुहुन्छ । एक छोरा भने लामो समयदेखि सम्पर्कविहीन हुनुहुन्छ ।