• १२ साउन २०८१, शनिबार

मुलुक परिवर्तन गर्न कांग्रेस परिवर्तन हुनु जरुरी छ: डा. कोइराला

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला।

काठमाडौं, मङ्सिर २२ गते। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ।

बीपी स्टडी युथ सर्कलले आज रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै उहाँले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको हो।

नेता डा कोइरालाले कम्युनिस्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुने बताउनुभयो। “कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नु हुँदैन, लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो।

गठबन्धन निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्नेबारे पार्टीले सोच्न जरुरी रहेको उहाँको भनाइ थियो। 

उहाँले गजलमार्फत देशको समस्या उजागर गर्न खोजेकाले उक्त गजल सङ्ग्रह पठनीय भएको बताउनुभयो। उहाँले  पछिल्लो समय देशमा युवा निराश हुँदै गएको भन्दै युवाको निराशालाई आशामा बदल्नका लागि राजनीतिक दल लाग्नुपर्ने उल्लेख गर्नुभयो। रासस