भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ ।
माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ ।
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैङ्कले बताएको छ।
नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिरः विमलबहादुर विष्ट/रासस
सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनले यहाँको धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग गरेको छ ।
१६औं संस्करणको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
प्रकोपको रूपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको जनाइएको छ । रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लामा लाखौँ मूल्यका १०२ दुहुनो गाई, हल गोरु मरेका छन् ।
धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मंगलबारे नजिकै बिहीबार अपराह्न भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिका –७, बैरिया टोलमा बिहीबार दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
झापामा लम्पी स्किनबाट अहिलेसम्म दुई सय पशु चौपाया मरेका छन्। १९ हजार पशु सङ्क्रमित भएको जिल्ला पशु सेवा केन्द्र झापाले जनाएको छ।