• २ माघ २०८१, बुधबार

कष्टकर यात्राको सम्झना (कविता)

blog

याद आइरहन्छ तीन दशक उतैको

गर्न लागे चर्चा मनासलु यात्राको

समय सीमा चै कातिक भाष हो 

दुई हजार चउन्न विक्रम संवत्को


पैलो, दोस्रो हुँदै तेस्रो यात्रा यहाँको

अधिकृत सम्पर्क हैसियत आफ्नो थ्यो

यात्रुहरू विदेशी युरोपेली देशका

यात्रा गर्न हामी डोल्पातिर उडेका


विमानस्थल डोल्पाको जुफल पुगियो

मनासलु जाने पैदलयात्रा सुरु भो

फोक्सुण्डो ताल हुँदै उकालो लागियो

अविरल यात्रा यो नवौँ दिनसम्मको


हिमपात अनि भो यात्रा अब कठिन यो

चिसोले अब त अति नै सतायो

अनुमति मागेर आफू एक्लै फर्किएँ

अपरिचित साथी एक बाटोमा भेट्टाएँ


सात घण्टा हिँडेर फोक्सुण्डो पुगियो

रातभरि यहीको ओडारमा बास भो

यसपछिको हिँडाइ तीन दिनसम्मको

गाउँबस्ती फाटफुट्ट बल्ल अब भेटियो


जुफल हुँदै यसपछि सल्लीबजार पुगियो

गन्तव्य अबको नेपालगन्ज थ्यो 

यहाँबाट लाग्यौँ आआफ्नो घरतिर

अति नै कस्टकर यात्रालु बनेर ।