वाङ्मय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।
बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा औरही २ का ६० वर्षीय जाहिर अन्सारीको मृत्यु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ।
नेपाली कांग्रेसका युवा नेता प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले युवा नेतृत्व आजको राजनीतिमा आवश्यक भएको बताउनुभएको छ।
जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिँदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन।
दैलेख जिल्लाको उत्तर भेगमा पर्ने महावु गाउँपालिका वडा नम्बर ६ मा पर्ने रानी वन । यो साबिकको रानी वन गाविसमा पर्छ ।
करिब दुई वर्षदेखि आँखा आसुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा अहिले खुसी छाएको छ । आफ्नै बलात्कारको अभियोगमा श्रीमान् विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलामा १२ वर्ष जेल बसेपछि कविताको दैनिकी दुःखमा परिणत भएको थियो ।
स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।
चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको हो ।
दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाको धुलाम्मे भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीलाई भुईँमा बसेर अध्ययन गर्नुपरेको हो ।
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सदस्यता शुद्धीकरण गर्दै ६० जनामा सीमित गर्नेभएको छ । महासङ्घ जिल्ला कार्यसमितिले प्रदेश तथा केन्द्रीय समितिलाई ९५ जनाको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको हो ।
अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले पाँच हजार कम्पनीहरू सञ्चालन गरिरहेको बताउनुभएको छ ।
खोलामा माछा मार्नेक्रममा पानीमा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्नलाई प्रयोग गरिएको करेन्ट लगाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।
गुल्मीको रेसुङगामा गत वैशाख २३ गतेदेखि ३१ गतेसम्म चलेको विराट सन्तभक्त दर्शन मेलाबाट साढे ५८ लाख रुपियाँ सङ्कलन भएको छ । रेसुङ्गा संरक्षण समिति गुल्मीको आयोजनामा रेसुङगामा नौ दिनसम्म चलेको मेलाबाट सो आम्दानी भएको हो ।