केही समययता देशको अर्थतन्त्रमा शिथिलता आइरहेको टिप्पणी भइरहँदा नेपाल राष्ट्र बैङ्कले शुक्रबार आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउने नीति अवलम्बन गर्दै जारी गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै अर्थतन्त्रको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षका निम्ति जारी मौद्रिक नीतिप्रति कतिपय विमति राख्दै आएका औद्योगिक व्यवसायीले समेत केन्द्रीय बैङ्कको पछिल्लो नीतिलाई भने सकारात्मक भनेका छन् । औद्योगिक व्यवसायीका तीन वटै संस्था उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र चेम्बर अफ कमर्शले मौद्रिक नीति सकारात्मक भएको अभिव्यक्ति दिनुले अर्थतन्त्रको शिथिलता हट्ने विश्वास बढेको छ ।
राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ ।
यही मङ्सिर २० र २१ गते निर्वाचन आयोग नेपाल र स्वतन्त्र निर्वाचनका लागि एसियाली सञ्जाल (एएनएफई) को संयुक्त आयोजनामा दुई दिने एसियाली निर्वाचन सरोकारवाला मञ्चको छैटौँ सम्मेलन काठमाडौँमा सम्पन्न भयो । एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलनमा निर्वाचन व्यवस्थापन निकाय, नागरिक समाजसँग सम्बन्धित संस्था र एसियाका अन्य निर्वाचनका सरोकारवालाको संलग्नता र सहकार्यमा निर्वाचन सुधारका विविध पक्षमा छलफल गरियो । ‘दिगो लोकतन्त्रको निर्माण ः निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ मुख्य नारा रहेको सम्मेलनबाट ‘निर्वाचन सुधारमार्फत लोकतन्त्रको सुदृढीकरण र निर्वाच
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ ।
गाउँघरमा मात्र होइन, सहरबजारमै चिसो बढेसँगै कोही शौचालयमा, कोही कोठामा त कोही सडकपेटीमै मृत्यु भएको समाचार सुन्नु पर्छ । तराईमा बाक्लो हुस्सु पर्नुका साथै शीतलहर पनि आउँछ । यस्तो बेला सरोकारवाला निकायले कर्मकाण्डी रूपमा हरेक वर्ष दाउरा, कम्बल र खाद्यान्न बाँड्न सुरु गर्छ । तथापि प्रभावितहरूको अवस्था जस्ताको तस्तै रहने गरेको छ । जाडोबाट सबै प्रभावित भए पनि कमजोर तथा विपन्नमाथि धेरै असर पर्छ । ज्यानै लिन्छ ।
नेपालको संविधानको प्रस्तावनामा लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको परिकल्पना गरिएको छ । संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गर्नुका साथै राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा समेत मानव अधिकारका सवाललाई समावेश गरिएको छ । यसबाहेक पनि संसद् र सरकारले निर्माण गरेका मानव अधिकारसम्बन्धी कानुन र नीतिहरू रहेका छन् । नेपाल मानव अधिकारसम्बन्धी धेरै अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पक्ष राष्ट्र भएका कारण मानव अधिकारको सवालमा राज्यका जिम्मेवारी प्रशस्तै छन् । हुन त लोकतान्त्रिक सरकारको सबैभन्दा प्रमुख कार्य भनेकै नागरिकको मानव अधिकारको संरक्षण र संवर्धन गर्नु हो । सरकारबाट विगतमा नागरिकको
आज डिसेम्बर १० तारिख । विश्वभर ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हुन त मानव अधिकारका मान्यताको प्रारम्भ सन् १२१५ को म्याग्नाकार्टादेखि नै भएको थियो भनिन्छ । सन् १९१४ जुलाई २४ मा भएको प्रथम विश्वयुद्धको नरसंहारकारी कार्यले धेरै धनजनको क्षति भई मानव व्यक्तित्व र समुदायको सर्वोत्मुखी संरक्षण आवश्यक छ भन्ने विषयलाई मनन गरी प्रथम विश्वयुद्धपछि १० जनवरी १९२० मा भएको राष्ट्रसङ्घ नामक सङ्गठनबाट मानव अधिकार संरक्षणका लागि केही प्रयास अल्पसङ्ख्यकका अधिकारका लागि मात्र सीमित भए । मुख्यतः युद्ध रोक्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको राष्ट्रसङ्घ युद्धलाई रोक्न पनि
मकवानपुर थाहा नगरपालिका ९ स्थित चित्लाङमा शनिवार साँझ बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इमान सिं रानापाल्पा, मङ्सिर २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । जनतालाई उत्पादन र रोजगारसँग जोड्न प्रदेश सरकार पनि प्रतिबद्ध भएर लागेको बताउनुभयो । रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सहकारीका शेयर सदस्यहरूलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । “तपाईँहरू शेयर सदस्य होइन उत्पादन सदस्य कसरी बन्ने सोचका साथ अघि बढ्नु पर्छ । याहाँहरुलाई उत्पादनसँग जोड्नको लागि लुम्बिनी प्रदेश सरकार तयार छ ।” उहाँले भन्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । “सहकारीलाई उत्पादनसँग जोड्न सकेनौ भने हामीले बचत गरेको पैसा पाउन मुद्दा हाल्नु पर्ने स्थिति आउन सक्छ ।” उहाँले भन्नुभयो । देशमा ठुला ठुला उद्योगको कल्पना गर्नु भन्दा पनि स्थानीय उत्पादनको वृद्धि र बजारीकरण महत्त्वपूर्ण रहने बताउनुभयो । साथै उहाँले भन्नुभयो “देशमा ठूलाठूला फ्याक्ट्रीको कल्पना होइन । गाउँलाई नै कसरी फ्याक्ट्री बनाउने भन्ने सोचका साथ अगाडी बढ्यौ भने हामीले लक्ष्य प्राप्ति गर्न सक्छौँ ।” स्थानीय उत्पादन बजार सम्म पुर्याउने वातावरण तयार गर्नु आवश्यक रहेको रहेको बताउनुभयो । २ लाख जनतालाई प्रदेश सरकारले रोजगारी दिने लक्ष्य लिएको बताउँदै महिला, युवा किसानलाई कसरी जोड्ने मुख्य विषय रहेको बताउनुभयो । समुदायमा भएको संस्कृतिलाई कसरी पर्यटन सँग जोड्न सकिन्छ भन्ने तर्फ सोच्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर बचत तथा ऋण सहकारीले रामपुरको विकासमा महत्त्वपूर्ण टेवा दिएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारीलाई उत्पादन सँग जोडेर अघि बढाउन नगरपालिका समन्वय गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो । संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले सहकारीले सेवा विस्तारसँगै डिजिटल प्रविधिको प्रयोगमा जोड दिँदै आएको बताउनुभयो । रामपुरमा स्थापना भएको सहकारीले आफ्नो कार्यक्षेत्र जिल्लाभर विस्तार गरेको छ । सहकारीमा हाल ४ हजार ५ सय ५७ शेयर सदस्य रहेका छन् ।
गत कात्तिकमा पश्चिमका जाजरकोट, रुकुमलगायतका क्षेत्रमा भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले सघाउने भएका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएका यस्ता संरचनाको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्ने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाामार्फत मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । निर्देशक सुवेदीले सामाजिक सञ्जालमार्फत सेन्सर पास भएको जानकारी दिनुभएको हो । चलचित्रलाई सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रियासहित पास गरेको उहाँको भनाइ छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनुहुने छ ।