पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो। जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ । स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन् । तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण र अवलोकन गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ।
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा आएको बताउनुभएको छ । एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ।
मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आफ्ना पूर्व अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको २५ हजार रुपियाँ राशिको सो सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रिजाललाई वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुईँटेलले प्रदान गर्नुभएको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीको विचार र सिद्धान्तप्रति सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । काँग्रेस प्रशिक्षण शाखा गुल्मीले शनिबार आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै काँग्रेसको लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख समेत रहनुभएका उहाँले पार्टीको विचार, सिद्धान्तको बारेमा सबैलाई जानकारी गराउन जरुरी रहेको बताउनुभयो ।
शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
यूरोप भ्रमणमा रहनुभएका पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले अष्ट्रियाका पूर्व राष्ट्रपति हाइन्ज फिसरसँग भेटवार्ता गर्नुभएको छ।
सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रियता तथा राष्ट्रहितको पक्षमा सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देशको हितमा ठोस सहमति हुन नसकेको उहाँको भनाइ छ ।